समाचार
पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा
काठमाडौँ । पुल मर्मत भएपछि फिदिम–यासोक सडक सञ्चालनमा बाढीले निबुखोलास्थित पुलमा क्षति पुर्याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ । तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो । उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को...
सदायले ६१ वर्षमा पाए नागरिकता
सुखीपुर नगरपालिका– ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । जीवनको उत्तराद्र्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ । उनले भने “नागरिकता पाउने आश मारिसकेको थिएँ । ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी...
बाह्रकुने तालमा डुङ्गा सरर…
कोरोना महामारी कम हुँदै गएपछि दाङका पर्यटकीयस्थलमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । घोराही उपमहानगरपालिका–१३ सेवारमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाह्रकुने दह पर्यटकको रोजाइको क्षेत्र बनेको छ । तुलसीपुर–६ की सम्झना आचार्य बुधबार साथीसँग बाह्रकुने तालमा घुम्न आइन् । “पुरानो डुङ्गाको ठाउँमा नयाँ डुङ्गा आएको रहेछ,...
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैनः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पारे । उनले भने, “पाँच दलको बैठक...
जल तथा ऊर्जा आयोगको बैठक बस्न हम्मेहम्मे
काठमाडौँ । मुलुकको ऊर्जा तथा जलस्रोत क्षेत्रको समग्र नीति निर्माण गर्ने निकायका रूपमा रहेको जल तथा ऊर्जा आयोगले के काम गरिरहेको होला भन्ने आम जिज्ञासा हुन सक्छ । आयोगको नियमित काम त भइरहेको होला त्यो सबैलाई थाहा हुने विषय पनि रहेन । आयोगको बैठक बस्नै हम्मेहम्मे पर्ने गरेको तथ्य...
नक्कली नोटसहित एक पक्राउ
नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू...
गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई
गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन ।...
निःशुल्क तारजाली वितरण
विपद्ले पुर्याएको जोखिम न्यूनीकरणको लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले दुई हजार तारजाली निःशुल्क वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि कार्यालयमार्फत जिल्लाको विभिन्न स्थानमा विपद्ले पु¥याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन ती तारजाली वितरण गरिएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए । उनका अनुसार...
छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते
झापा । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको प्रहरीले जनाएको छ । गएराति भएको सो दुर्घटनाका घाइते...
तनहुँमा ठूला दलका नेतृत्वमा महिला न्यून
तनहुँ । दुई मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का वडा अधिवेशन हालै सम्पन्न भयो । कांग्रेस तनहुँको दशवटै पालिका स्तरमा पनि अधिवेशन सम्पन्न भइसक्यो भने एमालेको पालिका अधिवेशन सम्पन्न हुने चरणमा छ । एमाले तनहुँले ६ पालिकामा अधिवेशन सम्पन्न गरेको छ भने चार पालिकामा अधिवेशन हुन...






