नेकपा एमाले बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ कार्तिक १२, शुक्रबार १०:२०
file-photo

काठमाडौं । नेकपा एमालेले आज (शुक्रबार) केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार, सो बैठकमा बिहिबार बसेको स्थायी कमिटीको बैठकले पास गरेको राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

यी कमिटी बैठकले दसौँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको थियो । यस्तै, सो बैठकले वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुनेछ । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते भएका थिए । कतिपय वडा र पालिकामा भने अधिवेशन हुन अझै बाँकी रहेको छ ।