कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँडलाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् । एक साताका लागि शुक्रबार बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खड्कालाई दिएका हुन् ।
बिहिबार साँझ प्रधानमन्त्री देउवाले खाँडलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले बिहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए । गृहमन्त्री खाँडको सचिवालयका अनुसार, अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन ।
वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँडले कार्यवाहक जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ ।
