समाचार
नुवाकोटमा कोरोना सक्रिय सङ्क्रमित सय नाघे
त्रिशूली । नुवाकोटमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । पछिल्लो समय १७ सङ्क्रमित थप भएसँगै सो सङ्ख्या १०२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार त्रिशूली अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्रिशूली अस्पतालमा...
माओवादीले देशको भविष्य निर्माण गर्छ : ‘प्रचण्ड’
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन् । उनले भने, “तपाईहरुलाई अब माओवादी सिद्धियो–सिद्धियो...
दुर्घटनामा पाण्डेको मृत्यु
धादिङ । धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले...
प्रदेश लोकसेवा आयोग बागमतीको वार्षिक प्रतिवेदन पेश
मकवानपुर । प्रदेश लोकसेवा आयोग बागमती प्रदेशले प्रदेश प्रमुख समक्ष दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ । आज (शुक्रबार) प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आयोगको वार्षिक प्रतिवेदन पेश गरेको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ११२ बमोजिम प्रदेश प्रमुख शर्मा समक्ष...
बागमतीका मुख्य न्यायाधिवक्ता थपलियो दिए थपबाट राजिनामा
मकवानपुर । बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजिनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पदबाट राजीनामा दिएका हन् । नेकपा एमालेले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका उनले प्रदेशमा नयाँ सरकार गठन भएसँगै पदबाट राजीनामा दिएका हुन् । एमाले संसदीय...
मकवानपुरमा थपिए २ जना कोरोना संक्रमित, भए २ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २६ जनाको पीसीआर र १४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...
भीमफेदी–कुलेखानी सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने
मकवानपुर । मकवानपुरको हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयले बिहिबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो ।...
मकवानपुरको धादिङमा अस्थाई प्रहरी चौकी संचालनमा
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर – ५ धादिङ्मा अस्थाई प्रहरी चौकी स्थापना गरी संचालनमा ल्याइएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई थप चुस्त दुरुस्त बनाउँदै जनतालाई सेवा पुर्याउने उदेश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । शुक्रबार बिहान...
मध्य भोटेकोशीको आइपिओ बाँडफाँट
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुला गरेको प्राथमिक सार्वजनिक निष्कासन आइपिओको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ९० हजार २१८ ले आवेदन दिएका थिए । आवेदन दिएकामध्य ९५...
‘अर्ली इलेक्सन’ मा जान जरुरी छैनः अध्यक्ष नेपाल
सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन ९अर्ली इलेक्सन० मा जानु जरुरी नभएको बताए । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र...










