समाचार

पत्रकार नेपालको परिवारलाई सहयोग

नेपाल पत्रकार महासङ्घले स्वर्गीय पत्रकार द्वारिका नेपालको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको रु ५० हजार र केन्द्रले प्रदान गरेको रु २५ हजार गरी रु ७५ हजार आर्थिक सहयोग गरिएको हो । पत्रकार नेपालको १३ औँ पून्यतिथिको अवसर पारेर शुक्रबार महासङ्घ चितवन शाखाका अध्यक्ष...

बूढीगङ्गामा ज्वरोका बिरामी बढे

जिल्लाको बूढीगङ्गा नगरपालिकामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तसँगै यहाँका स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । बेमौसमी वर्षासँगै भएको मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढ्न थालेको सोही नगरपालिका–२ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र ताँप्राकी स्वास्थ्य सहायक आशा थापाले राससलाई जानकारी दिए ।...

संसदीय टोलीद्वारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण...

रिब्दीकोटमा बीउ स्रोत केन्द्र सञ्चालनमा

पाल्पाको रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा बीउ स्रोत केन्द्र सञ्चालनमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ जोन पाल्पा, रिब्दीकोट गाउँपालिका र साना किसान कृषि सहकारी सस्थाको रु ६० लाख लगानीमा बीउ स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो । केन्द्रमा एक घण्टामा चार टनसम्म गहुँको बीउ ग्रेडिङ गर्ने क्षमता रहेको छ ।...

पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन

दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ । संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो । विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित...

छन्त्याल सङ्ग्रहालय बनाउने सपना अधुरै

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको छन्त्याल सङ्ग्रहालय, सञ्चालन गर्न नसकेपछि अलपत्र परेको छ । ठाडाखानीका बासिन्दाले छन्त्याल सङ्ग्रहालय स्थापनाका लागि भवन निर्माण गरेता पनि सङ्ग्रहालयका लागि सामग्री जुटाउन नसक्दा आफ्नो जातीय पहिचान झल्कने सङ्ग्रहालयको सपना अधुरै रहेको...

यस्तो छ आजको मौसस

मकवानपुर । मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको जनाइएको छ । महाशाखाका अनुसार, आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने...

बन्दीपुरका किसानलाई आलु बीउ वितरण

बन्दीपुर गाउँपालिकाकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गरेको छ । विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई समेत गरी नौ हजार ३०० किलोग्राम आलुको बीउ वितरण गरिएको हो । गाउँपालिकाले एमएस ४२ निलो र गजुरी रातो उन्नत जातका आलुको बीउ वितरण गरिएको जनाएको छ ।...

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको समस्या उस्तै

नेपाली भाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा...

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज हिकास र गुरुकुलअन्तर्गत सञ्चालित रामानन्द–अनुसन्धान–केन्द्र आरआरसीबीच शुक्रबार सम्झौता भएको हो । पौरस्त्यभाषा, पूर्वीय दर्शन, साहित्य, संस्कृति र हिमाली सभ्यताजस्ता विषयमा संयुक्तरूपमा अध्ययन अनुसन्धान गर्ने...