समाचार
इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले...
बाढी पहिरो पीडितलाई राहत वितरण
इलाममा बाढी पहिरा पीडित परिवारलाई रातह वितरण गर्न थालिएको छ । यही कात्तिक २ र ३ गतेको वर्षाका कारण ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारका तर्फवाट राहत वितरण सुरु गरिएको हो । देउमाई नगरपालिका–४ मा लुतिमाई खोल्सीले बगाउँदा मृत्यु भएकी ४७ वर्षिया सरिता आचार्यको परिवारलाई रु दुई लाख उपलब्ध गराइएको...
उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंकबीच सम्झौता
पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम/व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल तथा रजिष्ट्रार डा दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा...
पूरा हुँदै विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना
काठमाडौँ । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन । विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको छ भन्दा पनि आश्चर्य मान्नुपर्ने अवस्था थियो । नेपाल...
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो । रासससँग कुराकानी गर्दै प्रमुख निर्वाचन...
वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता
कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ । कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । महाअभियानको ४४२ औँ हप्तामा आज सिनामङ्गल पुलमुनिको नदी क्षेत्रमा सफाइ गरिएको थियो । गत हप्ता पनि...
सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको अवलोकन
सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको अवलोकन गरेका छन् । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको शनिबार उनले अवलोकन गरेका हुन् । सभामुख थापाले जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको...
मेडिकल कलेज निर्माणको प्रक्रियाले गतिलिएपछि महोत्तरीमा उत्साह
महोत्तरी । बर्दिबासमा मेडिकल कलेज निर्माणको प्रक्रिया अघिबढेसँगै महोत्तरीमा उत्साह छाएको छ । लामो समयदेखि वातावरणीय प्रभाव मुल्याङ्कनको अड्चनले रोकिदै आएको बर्दिबास मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको फाइल प्रदेश नं २ सरकारबाट स्वीकृत भएसँगै अब निर्माणको कामले गति लिने आशमा महोत्तरीमा उत्साह छाएको हो । “मेडिकल कलेज निर्माणको कुरा...
देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै...
बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार
सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो । शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत...





