समाचार

राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

सिद्धार्थनगर । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने कार्यक्रम तय भएको छ । बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । उनले भने, “महामहिम राष्ट्रपतिज्यू आज विहान लुम्बिनी आउने कार्यक्रम तय...

‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश र मीनालाई

कास्की, । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’ को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु २० लाख र रु एक करोड बराबरको जीवन बिमा पुरस्कार प्राप्त गर्न सफल भएका हुन् । यसैगरी बालचन्द्र...

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

झापा । नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए । प्रवेशद्वारमा वारिपारि हेर्न सकिने आँखीझ्याल...

नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले...

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् । ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको...

साहित्यकार तुल्सी थापा सम्मानित

मकवानपुर । मकवानपुरका साहित्यकार तुल्सी थापा सम्मानित भएका छन् । साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको विशेष साहित्यक कार्यक्रममा साहित्यकार थापालाई सम्मान गरिएको हो । मकवानपुरे साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संगमले नगद ५१ हजार राशी सहित सम्मान गरेको छ । साहित्यका विभिन्न पाटामा कलम चलाउँदै आएका...

मकवानपुरको सबै पालिकामा एमालेको अधिवेशन सकियोः कुन पालिकामा कसको नेतृत्व ?

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरको सबै नगर तथा पालिकाहरुको अधिवेशन सम्पन्न भएको छ । एमालेले शनिवार हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ६ वटा गाउँपालिकाहरुको अधिवेशन सम्पन्न गरेको हो । २ वटा पालिकाहरुमा भने त्यसअघि नै अधिवेशन सकिएको थियो । शनिबार हेटौंडाको अधिवेशन रोयल प्यालेसमा...

नेपाली लेखक संघको वैचारिक विमर्श

मकवानपुर । नेपाली कांग्रेस निकट नेपाली लेखक संघले वैैचारिक विमर्श कार्यक्रम गरेको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष डा. नवराज लम्साल प्रमुख वक्ताको रुपमा रहेका थिए । नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्यकोे सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता...

सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा निशुल्क आँखा शिविर

मकवानपुर । सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायोजनमा आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको जनज्योति माविको प्राङ्गणमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर...

कांग्रेस मकवानपुरको चियापान कार्यक्रम, विभिन्न पार्टी परित्याग गरी ५१० जना कांग्रेस प्रवेश

मकवानपुर । नेपाली कांग्रेसको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मकवानपुरको विभिन्न स्थानबाट शनिबार ५ सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस हेटौंडा उपमहानगर समितिले तिहार, छठ, नेपाल सम्वत् तथा क्रिसमसको उपलक्ष्यमा शनिबार विहान जिल्ला पार्टी कार्यालयमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य...