समाचार

खानेपानीमा सहज पहुँचः स्थानीयवासीमा खुसीयाली

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले खानेपानीमा सहज पहुँच पुगेपछि उनीहरु खुसी भएका हुन् । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएको सोही गाउँका जोखबहादुर शाहीले...

गुठीचौर गाउँपालिकाद्वारा एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्ला । गुठीचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाभित्रका ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको हो । चालु आव २०७८÷७९ देखि विदुर भत्ता दिने निर्णय भइसकेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजार विदुर...

प्राकृतिक विपत्तिको चपेटामा मध्य भोटेकोसी, एक वर्षभित्रमा सक्ने लक्ष्य

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित गर्यो । स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी आयोजना निर्माण गर्ने नेपाली मोडलले खासमा ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेहरुलाई समेत प्रेरित गर्यो । सोही प्रेरणाले सोही कम्पनीको मातहत रहने गरी...

विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पारेका छन् । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आगैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले हाललाई त्यो सम्भव नरहेको उनको भनाई थियो । उनले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद् हुनसक्ने सम्भावना औल्याउँदै...

पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं– कानूनमन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको समापन कार्यक्रममा बोल्दै उनले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुङ्गोमा पुगिने बताए । कोरोनाबाट...

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र होः प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्वास कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् । नेपालका लागि सर्वदलीय संसदीय समूह एपिपिजी–एन र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले शनिबार साँझ आयोजना...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र दसँैंतिहारका बेला घरबाहिर रहेका गाउँ फर्किएपछि यहाँ सङ्क्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

एचए पूरा गरेका विपीन अटो चलाउँदै

जुम्ला । तातोपानी गाउँपालिका– ३ जुम्ला लिताकोट गाउँका २७ वर्षीय युवा विपीन सुनार यतिबेला अटो व्यवसाय सञ्चालनमा व्यस्त छन् । योग्यता प्राप्त भए पनि जागिरका लागि विदेश जाने युवाका अगाडि उनले उदाहरणीय काम गरेका छन् । विपीनले एचए स्वास्थ्य सहायक तह उत्तीर्ण गरेका छन् । विसं २०७२/७५ मा उनले...

नेपालले लेबनानको सामना गर्ने

एएफसी यु–२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ । नेपाल र...

तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका हुन् । पालिकाले सरकारको...