समाचार
एमाले इन्द्रसरोवर गाउँ कमिटीको अध्यक्षमा पुडासैनी
मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरमा आज पालिका कमिटीको अधिवेशन भइरहेको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार भर्खरै इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा...
नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
फुङ्लिङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हजार लिएको जिल्ला प्रहरी...
प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उनले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गरे । सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा...
बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत
बैतडी । बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको थियो । पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद...
दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य
दमौली । तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११ सङ्क्रमित निको भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएपछि देवघाटका एक र आँबुखैरेनीका...
अर्थमन्त्री जनार्दन शर्मा भोलि हेटौंडा आउँदै
मकवानपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) हेटौंडा आउने भएका छन् । मन्त्री शर्मा नेकपा (माओवादी केन्द्र) का सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगरको भोलि (आईतबार) हुने सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने भएका हुन् । नेकपा एकता विभाजनपछि हुने भएको...
लिखतको सेवा शुल्क निर्धारण
मालपोत सम्बन्धी लिखत तयार गरेबापत भू–सेवा केन्द्रले लिने सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा मालपोत, लेखापढी कानुन व्यवसायीका प्रतिनिधि र भू–सेवा केन्द्र सञ्चालकहरुको संयुक्त बैठकले शुल्क निर्धारण गरेको मालपोत कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतमा अनुमति पाएका १०० भूसेवा केन्द्रमध्ये ८० वटाले मालपोतसम्बन्धी सेवा दिइरहेका...
पृथ्वी राजमार्ग आसपासका रूख काट्न थालियो
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ । पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने छ । सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार...
बझाङमा सुत्केरीको हेलिकप्टरमा उद्धार
बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । लोतु सामुदायिक स्वास्थ्य इकाइ प्रमुख पुष्पा बोहराका अनुसार खत्रीलाई शुक्रबार बिहान २ बजे सुत्केरी...
राष्ट्रपति भण्डारी ढोरपाटनमा
राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गरेकी छिन् । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन आएकी उनले आरक्ष कार्यालयको निरीक्षणसमेत गरिन् । निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका...








