एमाले इन्द्रसरोवर गाउँ कमिटीको अध्यक्षमा पुडासैनी

तु खबर संवाददाता
२०७८ कार्तिक १३, शनिबार १८:२५

मकवानपुर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुरमा आज पालिका कमिटीको अधिवेशन भइरहेको छ । एमाले मकवानपुरले दिएको जानकारी अनुसार भर्खरै इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले देवकृष्ण पुडासैनीको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनविर स्याङ्तान, उपसचिवमा बैकुण्ठ थापा र उमा लामा चयन भएका छन् ।
राक्सिराङ् गाउँपालिका र कैलाश गाउँपालिकामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । विहिबार सम्पन्न अधिवेशनबाट राक्सिराङ गाउँपालिका कमिटीको अध्यक्षमा रोहन लामा सर्वसम्मत चयन भएका थिए । उनको नेतृत्वमो उपाध्यक्ष रंजिता घलान, सचिवमा दिनेश चेपाङ, उपसचिवहरुमा सञ्च बहादुर चेपाङ र दिनेश वाईवा चयन भएका थिए । त्यस्तै कैलाश एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्सीय पालिका कमिटी निमार्ण गरेको छ । कमिटीको उपाध्यक्षमा छेकु लामा,सचिवमा राजकुमार गोले, उपसचिवहरुमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएका हुन् ।