समाचार
अहिले पनि कटुवालकै भरमा सूचना
लमजुङ् । आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन् ।...
प्रधानमन्त्री देउवा लण्डनमा
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुगेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ शुक्रबार बिहान काठमाडौँबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय...
आज मकवानपुरको ८ पालिकामा एमाले अधिवेशन हुँदै
मकवानपुर । मकवानपुरमा आज (शनिबार) नेकपा एमालेको पालिका अधिवेशन हुँदैछ । गत कात्तिक ९ गतेको लागि तोकिएको एमाले अधिवेशन मकवानपुरमा भने आन्तरिक व्यवस्थापकीय तयारी नपुगेको भन्दै आजको लागि सारिएको थियो । जिल्लामा कात्तिक ९ गते नै उद्योग वाणिज्य संघको निर्वाचनको कार्यक्रम रहेकोले अधिकांश पालिकाका सदस्यहरू सो निर्वाचन प्रक्रियामा भाग...
भीमफेदी–कुलेखानी सडकखण्ड आजबाट दैनिक ४ घण्टा बन्द हुने
मकवानपुर । मकवानपुरको हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न आजदेखि दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले सडक विस्तार एवम् स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी सडकमा सवारीसाधन आजदेखि कात्तिक १५ गतेसम्म दैनिक ४ घण्टाका लागि...
तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मुक्तान
मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा जयराम मुक्तान चयन भएका छन् । संघको शुक्रबार हेटौंडामा भएको तेस्रो जिल्ला अधिवेशनबाट मुक्तानको नेतृत्वमा ९ कार्यसमिति सर्वसम्मत चयन भएको हो । त्यस्तै, संघको उपाध्यक्षमा सुनु थिङ, सचिवमा सन्देश थिङ, सहसचिवमा सुनसानी थिङ, कोषाध्यक्षमा भुवन घलान, सदस्यमा रविन्द्र वाईबा, जमुना थिङ, इमान...
भरतपुर अस्पतलमा अनलाइनबाट टिकट
चितवन । भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी...
दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँ उपत्यकाको छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँ दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का...
थप ५४९ जनामा कोरोना सङ्क्रमण, ५६९ जना निको
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार १५१ जना रहेका छन् । ५००...
परीक्षणका लागि आउँदै विद्युतीय बस
काठमाडौँ । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकामा तीमध्ये परीक्षणका लागि तीन वटा...
नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि
बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु...








