समाचार

प्रतिनिधिसभा २ (ख) मा रन्जन कालाखेती नेतृत्वको टिम घोषणा

मकवानपुर । भोलि मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा युवा नेता रन्जन कालाखेतीको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी कालाखेतीकोे नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा...

प्रतिनिधिसभा १ (क) मा सुशान्तकुमार श्रेष्ठ नेतृत्वको टिम घोषणा

मकवानपुर । भोलि मंसिर ३ गते हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा (क) मा युवा नेता एवम् जिल्ला सदस्य सुशान्तकुमार श्रेष्ठको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरी श्रेष्ठको नेतृत्वमा टिम घोषणा गरिएको हो । उनको नेतृत्वमा उपसभापतिमा गोपाल न्यासुर...

दुर्घटनामा ट्याक्टर चालकसहित दुईको मृत्यु

उदयपुर । उदयपु्रगढी गाउँपालिका–६ दनुवारबेँसीमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् । दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका–१०...

नेपालमा पहिलो पटक मिडिया अवार्ड हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । उक्त अवार्ड ड्रिम हाई नेपालको आयोजनामा हुने भएको हो । ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी गराएको हो । मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’...

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । उनले सो कक्षको शुभारम्भ गर्दै मध्यपुर थिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज...

इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही मङ्सिर ५ गतेदेखि रेबिज इम्युनो ग्लोबुलिनको सेवा सातै प्रदेशबाट सञ्चालन गर्ने भएको छ । इम्युनो ग्लोबुलिन सुइको माध्यमबाट घाउको वरिपरि लगाइने औषधि हो । प्रदेश नं १ को कोसी अस्पताल, प्रदेश नं २ को जनकपुर अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको...

चितवनमा दुई हजार ५०० हेक्टरको धानबालीमा क्षति

चितवन । एक महिनाअघि परेको अविरल वर्षाका कारण जिल्लामा दुई हजार ५९१ दशमलब १८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्णरूपमा क्षति भएको छ । पूर्वी चितवन र माडीमा बढी क्षति भएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका अनुसार खैरहनीमा ७२८.०६ हेक्टर, रत्ननगरमा ७०१.३३ हेक्टर, भरतपुर महानगरमा ४१६.६६ हेक्टर, राप्तीमा...

आइतबारबाट नियमित इजलास बस्ने

काठमाडौं । प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने भएका हुन् । एक न्यायाधीशले नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि...

थप २९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५१ जनामा गरिएको नमूना परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ...

आज नेप्से ३२.३९ अंकले घट्यो, ६ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर २ जार ७६९ दशमलव १३ विन्दुमा कायम भएको छ । बुधबारको तुलना बिहिबार बजारमा शेयर कारोबार पनि घटेको छ । बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार...