नेपालमा पहिलो पटक मिडिया अवार्ड हुँदै

तु खबर संवाददाता
२०७८ मंसिर २, बिहीबार १७:१५

काठमाडौं । नेपालमा पहिलो पटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । उक्त अवार्ड ड्रिम हाई नेपालको आयोजनामा हुने भएको हो । ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी गराएको हो । मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाईका कमल जिसीले बताए ।

उनका अनुसार, आगामी पुस २३ गते अवार्ड आयोजना गर्न लागेको हो । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिन लागेको हो । मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरि विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।