समाचार
प्रेम र समर्पणको पर्व सामाचकेवा समापनको सङ्घारमा
महोत्तरी । मिथिलामा दाजुभाइ/दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने सामाचकेवा पर्व समापनको सङ्घारमा छ । मिथिलानी (मिथिलाका नारी) ले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने यो लोकपर्व कात्तिक शुक्ल पूर्णिमाका दिन समापन गरिने तयारी अहिले बढेको हो । मिथिलामा यो पर्व यसपालि शुक्रबार समापन गरिने छ । छठ पर्वको खरना...
रोल्पाका युवा व्यवसायी डाँगी छैटौँ पटक सम्मानित
रोल्पा । यहाँका एक युवा व्यवसायी लगातार छैटौँ पटक जिल्लाकै उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । रोल्पा नगरपालिका–४ का युवा व्यवसायी सागर विक्रम डाँगी जिल्लाकै सबैभन्दा बढी कर दाखिला गर्ने व्यवसायीका रुपमा करदाता सेवा कार्यालय प्युठानबाट छैटौँ पटक सम्मानित भएका हुन् । करदाता सेवा कार्यालय प्युठानले डाँगीलाई आर्थिक...
लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध
बलेवा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्र गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम...
जात्राका लागि दुई दिन बिदा
बैतडी । जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । मेलौली नगरपालिकाले बुधबार सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो। मेलौली–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ। बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक...
दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द
भक्तपुर । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उनीहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे...
डोजर पल्टिँदा चालकको मृत्यु
देउखुरी । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विक रहेका छन्...
नक्कली नोटसहित पाँच पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया...
संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएका छौं : सभामुख श्रेठ
मकवानपुर । बागमी प्रदेशसभा सचिवालयमा बुधबार संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा...
नारी सीप सृजना केन्द्रको आयोजनामा वक्तित्वकला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मानव बेचबिखन सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार नारी सीप श्रृना केन्द्रको आयोजना तथा ए.डब्ल्यु अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोगमा सो कार्उक्रम भएको हो । बागमती गाउँपालिकास्थित देवकी माविमा भएको कार्यक्रममा बेचखिन तथा सचेना मूलक वक्तित्व कला प्रतियोगिता भएको हो । कार्यक्रममा...
एमाले महाधिवेशन प्रचारका लागि ७७ जिल्लामा मोटरसाइकल र्याली
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताएका हुन् । र्याली यही मङ्सिर ७ गते हुनेछ । महाधिवेशन प्रचारप्रसार सहयोग...









