नारी सीप सृजना केन्द्रको आयोजनामा वक्तित्वकला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा मानव बेचबिखन सम्बन्धमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार नारी सीप श्रृना केन्द्रको आयोजना तथा ए.डब्ल्यु अन्तराष्ट्रिय संस्थाको आर्थिक सहयोगमा सो कार्उक्रम भएको हो । बागमती गाउँपालिकास्थित देवकी माविमा भएको कार्यक्रममा बेचखिन तथा सचेना मूलक वक्तित्व कला प्रतियोगिता भएको हो ।
कार्यक्रममा देवकी मावी र सुर्य मावीको सहभागीता रहेको नारी सिप सृजना केन्द्रको निर्देशक चिरञ्जीवी पौडेलले जनाएको छ । विद्यार्थीहरुलाइ मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत मानव बेचबिखन रोकथाममा विधार्थीको भुमिका विषयक अन्तर विद्यालय बक्तितोकला प्रतियोगिता तथा हात धुने सिकाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा देवकी मावी, सुर्य माविको प्रध्यानाध्यापक, विद्यालय परिवार तथा देवकी विद्यालयका पुर्ब प्रध्यानाध्यापक खड्क पुलामी लगायतको उपस्थिति रहेको थियो ।
