आज नेप्से ३२.३९ अंकले घट्यो, ६ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ मंसिर २,बिहीबार १५:४९

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ३९ अंकले घटेर २ जार ७६९ दशमलव १३ विन्दुमा कायम भएको छ । बुधबारको तुलना बिहिबार बजारमा शेयर कारोबार पनि घटेको छ ।

बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार भएको छ । यी कारोबारबाट ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ । बिहीबारको कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रहेको छ । आज नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । तीमध्ये सबैभन्दा धेरै गुमाउने उपसमूह जलविद्युत र व्यापार रहेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनटिसी रहेको छ । कम्पनीको आज एकैदिन ६० करोड ४४ लाख ५५ हजार रुपैयाँको कारोबार भएको हो । साथै मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा आज सर्किट लागेको छ ।