समाचार
आगलागीमा परेर दुई बालकको मृत्यु
भरतपुर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छोरीतर्फको ३ वर्षीय नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको...
‘१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने’
गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताएका छन् । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उन्ले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिउ । “हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई...
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाण
काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने...
लागुऔषधसहित तीन पक्राउ
कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ । से ४ प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका तीन जनालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए । पक्राउ...
आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस
चितवन । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् । निर्वाचन पराजित भएको...
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका डोकेबजार नजिकै सुदुर पश्तिम प्रदेश–०१–००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु १ ख ४६६६ को ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी–१ बेलारका ५० वर्षीय बसन्तराज शर्मा...
कुटपिटबाट भण्डारीकोे मृत्यु
बझाङ । जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु...
कांग्रेस महाधिवेशन : पर्साको पालिका अधिवेशन अन्योल
वीरगञ्ज । नेपाली कांग्रेस आसन्न महाधिवेशनअन्तर्गत प्रदेश, जिल्ला तथा पालिका तहको निर्वाचन भइरहँदा पर्सामा भने गाउँ र नगरपालिका अधिवेशन समेत अन्योलमा परेको छ । जिल्ला निर्वाचन समितिका अनुसार गाउँ र नगरपालिका अधिवेशन स्थगन गरी प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको समय सार्वजनिक गरेको हो । जिल्लाभित्र पर्ने अधिवेशनको प्रक्रिया...
विद्यालय चलाउन अदुवाखेती
रोल्पा । विद्यालय चलाउन अदुवाखेती गरेको यहाँ एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो । “अर्थाभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौँ...
एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
काठमाडौं । नेकपा (एमाले) को यहाँ जारी १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका बन्दसत्रमा एमाले केन्द्रीय कमिटीको १५ औँ बैठकबाट निर्णय...









