ट्रकको ठक्करबाट एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार १०:०६

धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम रार्जमार्ग अन्तरगत घोडाघोडी नगरपालिका डोकेबजार नजिकै सुदुर पश्तिम प्रदेश–०१–००८ प ५४७५ को मोटरसाइकलाई पश्चिमबाट पूर्व गइरहेको लु १ ख ४६६६ को ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी–१ बेलारका ५० वर्षीय बसन्तराज शर्मा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक शर्माको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।यसैबीच, मृतकका आफन्तले घोडाघोडी नगरपालिकाको सुखडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका उनीहरूले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा आइतबार बिहानैदेखि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।