समाचार
मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने
कर्णाली । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । निवर्तमान मुख्यमन्त्री...
मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो
महोत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर मध्यपूर्व नै ह्वात्तै बढेको छ । जारी मङ्सिरको दोस्रो साता प्रारम्भ भएसँगै एकाबिहानैदेखि बाक्लो...
जनकल्याणको २५ औं बार्षिक साधारणसभा सम्पन्न
मकवानपुर । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका...
सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः विष्ट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–९ मा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट चयन भएका छन् । केन्द्रको शनिबार सम्पन्न १७ औं बार्षिक साधारणसभा तथा १० औं अधिवेशनले बिष्टलाई पुनः तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनबाट विष्टको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन भएको...
प्रगतिशील जनस्वास्थ्यकर्मी हेटौंडामा पुडासैनीको नेतृत्व
मकवानपुर । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनले प्रविन पुडासैनीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ । अधिवेशनले पुडासैनीको अध्यक्षतामा २१ सदस्सीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा संजिव आले मगर, सचिवमा राजकुमार शर्मा, कोषाध्यक्षमा दिव्या बस्नेत, सहसचिवमा आशिष नेपाल, सदस्यहरुमा मधु अर्याल, राजेन्द्र पौडेल,...
विश्वका यी देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो ।अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।...
चितवनका दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातामाटे चेकप्वाइन्टबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्रामसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ...
ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
भैरहवा । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ। शनिबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका- ४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नम्बरको ट्रकले खनाल सवार ग११प ५४४४ नम्बरको...
जाजरकोटमा बस दुर्घटना: ५ जनाको मृत्यु २५ जना घाइते
जाजरकोट । जाजरकोटमा आज बिहान साढे २ बजेको समयमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका वडा नम्वर १३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो...
बुद्धिजीवि संगठन मकवानपुरको आयोजनामा विचार गोष्ठी
मकवानपुर । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, मकवानपुरले राजनीतिक समस्याको समाधान संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था विषयक विचार गोष्ठीको आयोजना गरेको छ । उक्त गोष्ठी हेटौंडास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको हो । मध्याह्न १२ बजे सुरु भएको बिचार गोष्ठी कार्यक्रममा मकवानपुरका साहित्यकार, पत्रकार, शिक्षक, कानुन व्यवसायी,...










