प्रगतिशील जनस्वास्थ्यकर्मी हेटौंडामा पुडासैनीको नेतृत्व

तु खबर संवाददाता
२०७८ मंसिर १२,आईतवार ०८:३६

मकवानपुर । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडा उपमहानगरपालिकाको प्रथम अधिवेशनले प्रविन पुडासैनीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ । अधिवेशनले पुडासैनीको अध्यक्षतामा २१ सदस्सीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा संजिव आले मगर, सचिवमा राजकुमार शर्मा, कोषाध्यक्षमा दिव्या बस्नेत, सहसचिवमा आशिष नेपाल, सदस्यहरुमा मधु अर्याल, राजेन्द्र पौडेल, दिलिप दास, पासाङ्ग लामा, बिनिता थिङ्ग, दिलु लामालगायत रहेका छन् ।

यसैबिच, अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडाको सल्लाहकारहरुमा डा. हरिबहादुर खड्का, राजु गुरुङ, डा. मिथिलेस ठाकुरलाई तोकिएको छ । कार्यक्रम अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका सचिवालय सदस्य अमर लामाको प्रमुख आतिथ्यता तथा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य ललित घलानको बिशेष अतिथ्यता रहेको थियो ।