समाचार

मकवानपुर प्रहरीले हराएको गहना फेला पारी सम्बन्धीत धनीलाई बुझायो

मकवानपुर । मकवानपुर प्रहरीले हराएको नगद रकम र गहनासहित फेला पारेर सम्बन्धीत धनीलाई बुझाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपश्‍चात घटनाबारे प्रारम्भिक अनुसन्धान र खोजी गर्दा फेला पारेर सम्वन्धीत व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

एमाले उपाध्यक्ष भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै एमाले उपाध्यक्षमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् । युवराजले उपाध्यक्ष र प्रदीपले उप महासचिवमा उम्मेदवारी दर्ता...

एमाले महाधिवेशन : ओलीले पेस गरेको ३०१ केन्द्रीय सदस्यमा मकवानपुरका ४ जना

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशनको सौराहमा जारी बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम पेस गरेका छन् । गएराति पेस गरेको केन्द्रीय सदस्यको नामावलीमा मकवानपुरका ४ जनाको नाम प्रस्ताव गरेका हुन् । ओलीले केन्द्रीय सदस्यमा प्रस्ताव गरेका नाममा खुलातर्फ मकवानपुरका कृष्ण दाहाल, खुला महिलातर्फ...

हेटौंडा, मकवानपुरगढी र कैलाशमा आज माओवादी केन्द्रको अधिवेशन हुँदै

मकवानपुर । नेकपा माओवादी केन्द्रले आज मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकामा पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । यसअघि मंसिर ११ गते नै थाहा नगरपालिकामा भने ५९ सदस्यीय नगर कमिटी बनाइसकिएको तर पदाधिकारी चयन गर्न बाँकी रहेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् ।...

एमाले महाधिवेशन : केपी ओलीले छाने १९ पदाधिकारी (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । एमालेको सौराहामा जारी १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका हुन् । उनले बन्दसत्रमा १९ पदाधिकारी र...

कांग्रेस बागमती प्रदेश अधिवेशन : पौडेल पक्षबाट मकवानपुरका माइकल र न्यौपानेको दावी

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको आसन्न १६ र १७ गते हेटौंडामा हुने अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट मकवानपुरका २ जनाले दावी गरेका छन् । कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने र प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले प्रदेश सभापतिमा दावी गरेका हुन् । त्यस्तै संस्थापन...

मकवानपुरमा थप ३ जनामा संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २८ जनाको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना रहेका छन् । यससँगै...

बागमती प्रदेश सभापतिको तयारीमा जुटे कांग्रेस नेता बानियाँ

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आगामी मंसिर १६ र १७ गते हेटौंडामा हुने बागमती प्रदेश समितिको अधिवेशनमा कांग्रेस नेता इन्द्रबहादुर बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारीमा जुटेका छन् । बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापतिसमेत रहेका बानियाँले सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व लिने आन्तरिक तयारीमा...

राष्ट्रियसभा सदस्य निर्वाचन कार्य तालिका स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । आयोगको यही मङ्सिर ७ गतेको बैठकले निर्वाचन तयारी गर्न आन्तरिक प्रयोजनका लागि कार्य तालिका स्वीकृत गरेको प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो । सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १७ गतेका लागि घोषणा गरिसकेको...

थप १५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...