मकवानपुर प्रहरीले हराएको गहना फेला पारी सम्बन्धीत धनीलाई बुझायो

तु खबर संवाददाता
२०७८ मंसिर १३, सोमबार ०९:१८

मकवानपुर । मकवानपुर प्रहरीले हराएको नगद रकम र गहनासहित फेला पारेर सम्बन्धीत धनीलाई बुझाइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ बस्ने सरस्वती कार्कीले गरगहना तथा नगद हराएको भनि जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएपश्‍चात घटनाबारे प्रारम्भिक अनुसन्धान र खोजी गर्दा फेला पारेर सम्वन्धीत व्यक्तिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

कार्कीले घरबाट बाहिर जाँदा सामानको सुरक्षाको लागि ८ तोला सुनको गहना (छड्के तिलहरी, बाला, ब्रासलेट ,चन्द्रमा, औठी, झुम्का, मुन्द्रा, गरी १० थान) सुन, एटियम कार्ड र नगद १७ हजार रुपैयाँ समेत हराएको थियो । उनले रातो कपडाको झोलामा बाधेर घरमा रहेको डस्टविनमा राखि घरबाहिर गएको भोलीपल्ट बिहान करिब ८–३० बजे हेटौडा उपमहानगरपालिकाको फोहोर संकलन गर्ने फोहोरसँगै फालेकोले खोजीका क्रममा फेला पारेर सम्वन्धीत बुझाइएको जनाइएको छ । प्रहरी नायव् उपरक्षिक रिमालका अनुसार, त्यतीबेला तत्काल वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट समेतको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा हराएको सुन, एटियम कार्ड र नगद फेला पारी प्रहरी कार्यालयमा ल्याई बुझाइएको हो ।