लागुऔषधसहित तीन पक्राउ

रासस
२०७८ मंसिर १२,आईतवार १४:४५

कञ्चनपुर । पुर्नवास नगरपालिका–६ मिलनबजार क्षेत्रबाट सशस्त्र प्रहरीले आज लागुऔषध नेट्राभेट–१० सहित तीन जनालाई पक्राउ परेको छ । से ४ प ३३००८ नंको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका तीन जनालाई नेट्राभेट–१० नामक लागुऔषध ३० ट्याबलेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कैलाली उपमहानरपालिका–१ एलएनचोक बस्ने वर्ष २० का रोहित पार्की र सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका–१० मालाखेती बस्ने वर्ष २१ का आशिष भाट, ओलानी बस्ने वर्ष २१ का नीरज बडैला रहेका छन् । पक्राउ परेका तीनै जनाले लागुऔषधसमेत सेवन गरेको अवस्थामा रहेका थिए । लागुऔषधसहित तीनै जनाको साथबाट तीन थान मोबाइल, नगद रकम रु एक हजार ४०० समेत बरामद गरिएको छ । लागुऔषधसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।