समाचार
जुवातास खेल्ने र खेलाउने चार पक्राउ
भक्तपुर । मध्यपरातमा जुवा तास खेलिरहेका चारजनालाई भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएरात उनीहरूलाई पक्राउ गर्नाका साथै रू ६९ हजार ७५० बरामद गरेको हो...
तिहारमा घर जानेलाई आजबाट खोप
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलो मात्रा...
वर्षा र बाढीले ४१ करोडको क्षति
विराटनगर । मोरङका चार नदीमा यही कात्तिकको पहिलो साता आएको बाढीले कूल रु ४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । कोशी बक्राहा नदी व्यवस्थापन आयोजनाका अनुसार वर्षा र बाढीले बक्राहामा तीन हजार ३७० मिटर कटान गर्दा रु१६ करोड ८६ लाखको नोक्सानी भएको छ । लोहन्द्रा नदीमा तीन...
सुन तोलाको रु ९२ हजार
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला...
‘प्रधानन्यायाधीशले चाँडै पदबाट राजीनामा दिनुपर्छ’
मकवानपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले चाँडै नै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । कांग्रेस मकवानपुरले शुभ दिपावली, छठ पर्वको अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । प्रधानन्यायाधीश राणाले नैतिकताको आधारमा पदबाट...
सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट, चार वटा साइटबाट हेर्न सकिने
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म सर्वसाधारणका लागि खुल्ला गरेको ७ लाख ३० हजार कित्ता सेयरको आईपीओ आज (मंगलबार) बाँडफाँड गरेको हो । बिक्री प्रबन्धक एसबीआई क्यापिटलका अनुसार, कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले १० कित्ताका...
किसानलाई राहत रकम वितरण
चितवन । रत्ननगर नगरपालिकाले वर्षाले धान क्षति भएका किसानलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दुई हजार किसानलाई झण्डै रु ९० लाख राहत वितरण गर्ने गरी काम अघि बढाएको छ । गत असोज २९, ३० र ३१ गतेको वर्षाले किसानको भित्र्याउने बेलाको धानमा क्षति गरेको थियो । सो...
पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् । शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा...
हेटौंडाका लामा पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध सालको चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १०५.६६ क्युपीट सालको चिरान काठसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कर्याालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ सरस्वती पाखा टोल बस्ने...
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
रौतहट । रौतहटको पूर्वीभेगस्थित गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हाल नम्वर नखुेको मोटसाइकल गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका बडहराका प्रहरी चौकीमा...