समाचार
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई, आजै लिए सपथ
विराटनगर । प्रदेश नम्वर १ सरकारको मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को उपचार २ अनुसार, मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको...
महिलाविरुद्ध हुने भेदवाव उन्मूलन गर्ने महासन्धि : हेटौंडामा प्रदेशस्तरीय गोष्ठी
मकवानपुर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ को छैठौं आवधिक प्रतिवेदनको सिफारिसहरुको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय फलोअप गोष्ठी हेटौंडामा भएको छ । युवा सेवा समाज (युसेस) मकवानपुरले संयोजन गरेको कार्यक्रम बियोण्ड बेईजिङ्ग कमिटी नेपालले आयोजना गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...
दुई वर्षभित्र सबै घरधुरीमा विद्युतीकरण गरिनेछ : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी...
सङ्गठन विस्तारमा नेकपा (एकीकृत समाजवादी) : ७४ जिल्लामा कार्यसमिति
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा...
१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक
काठमाडौँ । करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८ पुस मसान्तसम्म ५ प्रतिशत रकम बुझाएर कम्पनी नवीकरण गर्न सकिने व्यवस्था गरेसँगै ती कम्पनीले...
भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई समस्या
जाजरकोट । एकहत्तर वर्षीया धनसरी थापा सामाजिक सुरक्षाभत्ता बुझ्न नातिका सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित एक बैंकमा पुगेको बताएका छन् । उनलाई घरबाट दल्ली पुग्न दुई दिन लागेको थियो । राम्रोसँग टाढा देख्न नसक्ने उनलाई यसरी दुःख दिएकामा नरमाइलो लागेको लागेको छ । आउँदा, जाँदा बाटोमा उनका करिब...
कन्काईमा एक व्यक्ति मृत फेला
दमक । झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती...
कर सङ्कलन ३३ प्रतिशत बढी
बलेवा । आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए ।‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’’, नेपालले...
चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध
काठमाडौँ । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ । सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा...
तामाङ पत्रकार सङ्घको धमाधम जिल्ला शाखा अधिवेशन
बनेपा । तामाङ पत्रकार सङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्ला शाखाको अधिवेशन हुने क्रम तीव्रगतिमा भइरहेको छ । सङ्घको गतभदौ ५ गते बसेको केन्द्रीय समितिको बैठकले यही कात्तिक १५ गतेभित्रमा सबै जिल्ला शाखाको अधिवेशन सम्पन्न गर्ने निर्णयानुसार अधिकांश जिल्ला शाखाले अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ । सङ्घका...