समाचार
भारतलाई नेपालको छिमेकी मात्र हैन, विकासको साझेदार बनाउनुपर्छ: प्रमुख भुसाल
मकवानपुर । नेपालको आर्थिक विकासको सवालमा नेपाल भारत विच साझा अवधारण विषयमा सोमबार हेटौंडामा पत्रकारहरुसंग अन्तरक्रिया एवं छलफल भएको छ । नेपाल भारत मानव विकास एव्म मैत्री संघका प्रमुख सूर्य भुसालले मकवानपुरका पत्रकारहरुसँग अन्तरक्रिया एवं छलफल गरेका हुन् । छलफलका क्रममा प्रमुख भुसालले भारत र नेपाल विच विकासका साझा...
मकवानपुरमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने
मकवानपुर । मकवानपुरमा राति ८ बजेसम्म मात्र देउँसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै राति ८ बजेपछि देउँसी भैलो नखेल्न भनिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालद्वारा हस्ताक्षरीत सूचनामा सो कुराको जानकारी गराइएको छ । यस्तै, प्रशासनले कोरोनाभाइरस...
कैलाशमा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ सय २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कैलाश गाउँपालिकाले मंगलबार शुभदिपाली, छठ, नेपाल सम्वत् तथा ल्होसार पर्वको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा माओवादी विप्लपका कैलाश गाउँपालिका ईन्चार्ज अमृत रुम्बा, एमालेबाट कैलाश ३ का वडा...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.७६ अङ्कले बढेर दुई हजार ८४३.६२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८४ अंकले बढेर ५३१.४२ मा पुगेको...
निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा चियापान कार्यक्रम
मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज (मंगलबार) हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम संघका अध्यक्ष श्यामसुन्दर ढकालको अध्यक्षता तथा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख अतिथ्यतामा भएको हो । सो क्रममा...
प्रधान सेनापती शर्माले भोलि ऐतिहासिक चिसापानीगढीको संरक्षण तथा पूर्वाधार निर्माणको शिलान्यास गर्ने
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्वर– ६ स्थित ऐतिहासिक चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माणको काममा गाउँपालिकाले सक्रियता बढाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० र भीमफेदी गाउँपालिकाको ३० प्रतिशत लगानीमा ऐतिहासिक चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको काम अघि बढाइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले...
थप ४६९ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा...
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीको दावी पेश
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले दावी पेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यको समर्थनमा उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । हाल ३५ जना प्रदेशसभा सदस्यहरु रहेको कर्णाली प्रदेशमा नयाँ सरकार...
प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई, आजै लिए सपथ
विराटनगर । प्रदेश नम्वर १ सरकारको मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ को उपचार २ अनुसार, मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् । आज दिउँसो १ बजेसम्मका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सीमाअनुसार सोमबार नै राईले ४९ जना सांसदको...
महिलाविरुद्ध हुने भेदवाव उन्मूलन गर्ने महासन्धि : हेटौंडामा प्रदेशस्तरीय गोष्ठी
मकवानपुर । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) १९७९ को छैठौं आवधिक प्रतिवेदनको सिफारिसहरुको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय फलोअप गोष्ठी हेटौंडामा भएको छ । युवा सेवा समाज (युसेस) मकवानपुरले संयोजन गरेको कार्यक्रम बियोण्ड बेईजिङ्ग कमिटी नेपालले आयोजना गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख...