समाचार
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुुवाइ
काठमाडौँ । सर्वोच्च अदालतको नौ इजलासमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु भएको छ । एक सातामा सोमबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ भएको थियो तर मङ्गलबार बन्दीका मुद्दामा पनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका ती इजलास तोक्नुभएको थियो । ती मध्ये छ संयुक्त र...
एमाले महाधिवेशन : विद्युतीय उपकरण प्रयोग गरिने
चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक एवं एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले विद्युतीय उपकरण मार्फत मतदान गर्ने तयारी गरिएको...
कार्यवाहक प्रधानमन्त्री खाँण गन्यापधुरामा
डडेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गरेका छन् । उनलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिराबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै राहत र बस्ती स्थानान्तरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाए । सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खाँणले जनतालाई राहत र घर...
राष्ट्र बैंकद्वारा जिएमई–पे को अनुमति खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मङ्गलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो । “यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौँलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न...
मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको...
ट्रक दुर्घटनामा दुईको मृत्यु
धादिङ । दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते...
कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा
सुर्खेत । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत पुगेका छन् । मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गर्ने कार्यक्रम रहेको छ । गत असोज ३१ गतेदेखि...
अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ : अर्थमन्त्री शर्मा
किमाथाङ्का । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् । खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा...
बागलुङ कालिका भगवती गुठीमा चार करोडको कोष
बलेवा । बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा रु चार करोड २३ लाखको कोष जम्मा भएको छ । गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौँ रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो । भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ ।...
विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरबाट नौ पुरस्कार दिइने
काठमाडौँ । विष्णु–चन्द्र पुडासैनी वाङ्मय मन्दिरले भारत, मगध सम्राट् अशोक मौर्य तथा नेपालका पूर्वप्रधानमन्त्री जङ्गबहादुर राणा, राजा महेन्द्र र राजनीतिज्ञ बिपी कोइरालाका विषयमा निबन्ध प्रतियोगिता गर्ने भएको छ । सोअनुसार मन्दिरले रु एक लाख राशिका चार प्रथम पुरस्कार, रु ५१ हजारका दुई द्वितीय पुरस्कार र रु २५ हजारका तीन...