समाचार

तिहारले समुन्नत बागमती प्रदेश निर्माण गर्न उत्प्रेरणा मिलोस्: मुख्यमन्त्री पाण्डे 

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुभ दिपावली २०७८ ले समुन्नत प्रदेश निर्माणको लागि सबैमा प्रेरणा मिलोस् भनी कामना गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपालीबीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवं...

आज तिहारको चौथो दिनः गाई, गोरु, गोवर्धन र हलिको पूजा गरिँदै

मकवानपुर । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात आज तिहारको चौथो दिन गाई गोरु र कृषकको पूजाआजा गरी मनाइँदैछ । आजको दिन गाई गोरु र कृषकलाई मिठो खानेकुरा खुवाउने प्रचलन रहिआएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि रहेको बताइन्छ । गाईले दिने दूध आमाले...

मकवानपुरका ६ जना बारा प्रहरीको फन्दामा

बारा । बारा प्रहरीले दुई छुछ्टाछुट्टै घटनामा संलग्न मकवानपुरका ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले विष्फोटक पदार्थसहित ३ जना र लागूऔषध घटनामा संलग्न ३ जना गरी ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले विष्फोटक पदार्थसहित हेटौंडाका ३ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बारारले जनाएको छ । पक्राउ पर्नेहरुमा...

कांग्रेस मकवानपुरको सांस्कृतिक विभागद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सांस्कृतिक विभागले शुभ दिपावली, नेपाल सम्बत्, छठ पर्वको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विभागले बुधबार हेटौंडाको रोयल पार्टी प्यालेसमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपालका चर्चित गायक सुगम पोखरेल, कृष्ण काफ्ले, गायिका राधिका हमाल, प्रतिमा अर्याल,...

एकीकृत समाजवादी थाहानगरको कमिटी तथा युवासंघ निर्माण

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को पार्टी कमिटी तथा युवाको संगठन निर्माण गरिएको छ । बुधबार भएको भेलाले सानुकाजी गोपाली नेतृत्वमा ६३ सदस्यीय पार्टी नगरकमिटी गठन गरेको हो । यस्तै, ५१ सदस्यीय युवा संघ नेपाल थाहा नगरकमिटी पनि गठन गरिएको हो । पार्टी तथा युवा संघ...

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज् (बेलायत) को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कँदै छन् । यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२...

धनकी देवी लक्ष्मीको पूजा गरिंदै

काठमाडौं । आज तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा  मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली...

ऐतिहासिक महत्वका गढीहरुको संरक्षण आवश्यकः प्रधान सेनापति शर्मा

मकवानपुर । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले ऐतिहासिक र पुरातात्विक महत्वका गढीहरुको संरक्षण आवश्यक रहेको बताएका छन् । बुधबार भीमफेदी गाउँपालिका वडा नम्वर –६ स्थित चसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्ता गढीको संरक्षणका लागि नेपाली सेना आवश्यक भूमिका निर्वाह गर्न तयार रहेकोसमेत...

ऊर्जामन्त्रीसँग फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भयो । सो अवसरमा ऊर्जामन्त्री भुसालले ऊर्जा सञ्चिति तथा ‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे चासो राख्दै नेपालमा उपलब्ध ऊर्जालाई...

अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटनस्थल निरीक्षण

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशन उद्घाटनस्थलको अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । आज उनीसहित जिल्लाका नेता तथा कायकर्ताले महाधिवेशन उद्घाटनस्थलको स्थलगत निरीक्षण गरेका हुन् । उनले नारायणी किनारको जनसहभागिताको क्षमता, सुरक्षा, सवारी पार्किङलगायतका विषयमा चासो व्यक्त गरेका थिए । यो ठाउँ बाहेक जिल्लामा विकल्पका...