समाचार
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश...
भाइटिकाका दिन पनि वाग्मती सफाइ
काठमाडौं, रासस । तिहारको अन्तिम दिन सबैजना भाइटिकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर...
लगाइयो भाइटिका
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटिका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार...
लोप हुँदै मखमली फूल
‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा...
मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी
तनहुँ कारागारका कैदीबन्दी आम्दानीको स्रोततर्फ लागेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानीको स्रोतको बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभित्रै मुढा बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै उनीहरु मुढा बुन्न व्यस्त रहने गरेका छन् । मुढा...
सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी
उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी...
मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै
महोत्तरी। महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित...
हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । हेटौंडामा शुक्रबार सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बस र मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ वन कार्यालयको ढाट नजिक दुर्घटना भएको थियो । नारायणघाटबाट वीरगंजतर्फ जादै...
आज भाइटिका, उत्तम साइत ११ : २ बजे
मकवानपुर । आज तिहारको पाचौँ दिन भाइटिका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका...
कांग्रेस संसदीय दलका नेता बानियाँद्वारा तिहारको शुभकामना
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले तिहारको पावन अवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । तिहार पर्वको अवसरमा उनले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक...