समाचार
पाल्पामा माटाका भाडाको प्रयोग हट्दै
माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट पाला उत्पादन गरी तिहारलाई बन्दोबस्त गरेर घरमा राख्थे । स्थानीयवासीले पनि भरसक माटाकै पालामा बत्ती बालेर झिलीमिली बनाउने...
हेटौंडामा बसको ठक्करबाट विष्ट र ठकुरीको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१९ नेवारपानीमा शनिवार यात्रुबाहक बसले देउसी भैलो खेल्न हिँडिरहेका यात्रुलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्य हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी निवासी २० बर्षका सुरज विष्ट र चितवन पिप्लेका ३४ बर्षका प्रेमबहादुर सिंह ठकुरी रहेको...
कालाबाङ्गमा विद्युत् सेवा
वर्षौँदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानी कालाबाङ्गवासी केन्द्रीय प्रसारण लाइनको विद्युतले गाउँ नै झिलीमिली भएपछि खुशी छन् । पाखापाखानीको कमथानबाछ घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा...
श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु
दाङ् । दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सामान्य विवादका कारण रामबहादुरले सुनितालाई लाठी प्रहार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । मदिरा...
बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव
म्याग्दी । बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ । पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ । पन्ध्रबाट ५० शय्यामा स्तरोन्नति भएको पाँच वर्षसम्म पनि अस्पतालको नयाँ भवन निर्माणले पूर्णता पाउन र दरबन्दीअनुसारका जनशक्ति व्यवस्थापन हुनसकेको छैन...
मिथिलामा छठ पर्वको तयारी
मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ...
परिवार दलका अध्यक्ष ढकाल भारत प्रस्थान
काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेशनको तयारीमा रहेको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल भारत प्रस्थान गरेका छन् । इन्डिया फाउण्डेसनको निमन्त्रणामा कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहारको नालन्दा विश्वबिद्यालयमा हुने बिशेष सभामा ढकालले सम्बोधन गर्न भारत प्रस्थता गरेका हुन् । बिहारका राज्यपाल फागु चौहान र मुख्यमन्त्री नितिश...
भाइटिकाका दिन पनि वाग्मती सफाइ
काठमाडौं, रासस । तिहारको अन्तिम दिन सबैजना भाइटिकाको तयारी गरिरहेका बेला वाग्मती सफाइ अभियानकर्मी भने गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा जम्मा भएर सफा गरेका छन् । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, प्राकृतिक प्रकोपजस्ता प्रतिकुल अवस्थामा पनि जारी छ । गुह्येश्वरी मन्दिर...
लगाइयो भाइटिका
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटिका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार...
लोप हुँदै मखमली फूल
‘मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको यो गीत सुन्दा अहिले पनि समय–सान्र्दभिक लाग्छ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली फूल नै खोज्ने गर्दछन् । ‘दाइ मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा...