समाचार
हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा अरब सागरमा विकसित भइरहेको न्यून चापीय प्रणालीको सामान्य असरले देशभर आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त मौसमी प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राजधानी काठमाडौँ उपत्यकामा...
मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो । उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल...
करेन्ट लागेर नेकपा एकीकृत समाजवादीका नगरसचिव गिरिजा अधिकारीको निधन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको करेन्ट लागेर आज निधन भएको छ । उनलाई हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ राजदेवीमा बाटो खन्ने क्रममा तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । अधिकारीलाई उपचारको...
तिहार पछि बढ्यो सुनको मूल्यः प्रतितोला रु ९२ हजार ५००
तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मुल्य प्रतितोला रु एक हजार ५०० ले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य...
६ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले रु ६ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु १० करोड र १८२ दिन अवधिको रु ६ अर्ब गरी कूल रु ६ अर्ब १० करोडको टे«जरी बिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१...
भाइटिकाको दक्षिणा अनाथाश्रमलाई
समाज व्यक्ति केन्द्रित हुन थालेको चिन्ता बढिरहँदा अरुका लागि सोच्नेको सङ्ख्यामा पनि कमी छैनन् । यहाँका पाँच दिदी बहिनी कुसुम , सविता , पूजा , लक्ष्मी र निर्मिता थापाले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरी मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन् । भाइटीकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने...
खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि…
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ । अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने...
विपन्नलाई घर निर्माण गर्न निःशुल्क काठ
शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको वैजनाथ सामुदायिक वन उपभोक्ता समितिले विपन्न उपभोक्तालाई घर निर्माणका लागि निःशुल्क काठ उपलब्ध गराउने भएको छ । समुहले उनीहरुलाई चिरान गरिएको काठ घरसम्मै ढुवानी गरी उपलब्ध गराउने व्यवस्था मिलाएको हो । विपन्न परिवारलाई साँझ बिहानको छाक टार्नै मुस्किल रहेको अवस्थामा घर निर्माण र मर्मत गर्न...
आगोको रापले गुम्बाको धुरी कटाउँदै सकियो फुटुक पर्व
सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो समुदायको विश्वास रहिआएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउापालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा मात्र सो पर्व मनाइँदै आइएको छ । गत वर्ष कोरोनाले प्रभाव परे...
टोखा नगरपालिकाले सहयोगीलाई सम्मान गर्ने
टोखा नगरपालिकाले नगरपालिकाभित्र विभिन्न माध्यमबाट सहयोग पु¥याउने सहयोगीदातालाई सम्मान गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले विसं २०७४ वैशाखदेखि हालसम्म नगरपालिकाभित्र विभिन्न माध्यामबाट सहयोग पुर्याउने सहयोगीदातालाई सम्मान गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखामा जनप्रतिनिधि बहाल भएपछि हालसम्मको समग्र क्रियाकलाप तथा प्रगतिको अवस्था झल्कने ‘नगरको...