समाचार

थप ३९० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो ।...

प्रधानसेनापति शर्मा मङगलबार भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जानु हुने भएको छ । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जाने भएका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ...

मुख्यमन्त्री पाण्डेद्वारा संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरे । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुक्तिको ३० दिनभित्र...

सल्यान दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौँ लगियो

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं को यात्रुबहाक जीप दाङको बबई गाउँपालिका– २ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । त्यस्तै नौ जना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल...

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

काठमाडौँ । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ ।...

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार जना कारागारमा

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार स्थानीय सिकिन्दर महतोकी पत्नी पुरनीदेवीे, रगेश्वर महतोकी पत्नी प्रमिलादेवी, रगेश्वर महतोकै जेठो...

सर्वोच्च अदालतमा आज बन्दीका मुद्दामा पेसी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नु भएको छ । बन्दीप्रत्यक्षीकरणका छ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल...

यस्तो छ बागमती प्रदेशसभा बैठकको कार्यसूचि

मकवानपुर । कार्य व्यवस्था परामर्श समितिको भर्खरै सम्पन्न बैठकले आजै बस्ने प्रदेशसभाको बैठकको कार्यसूचि तय गरेको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्तावको मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिएका छन् । प्रदेशसभा बैठकको सुरुवातमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त केही पत्रहरु वाचन हुने...

एमालेको महाधिवेशनमा चैतसम्म सदस्यता लिएका मात्र प्रतिनिधि हुने

काठमाडौँ । नेकपा (एमाले) को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको छ ।...

जीप दुर्घटना एकको मृत्यु

दाङ । सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी...