समाचार
मिथिलामा छठपर्वको ‘खरना’ को तयारी
महोत्तरी । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत)...
कोरोना संक्रमणबाट मकवानपुरका थप एक जनाको मृत्यु
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मकवानपुरका थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जारी गरेको विवरण उल्लेख छ । स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालमा हाल २५ जना कोरोना संक्रमित उपचाररत् छन् । भरतपुर अस्पतालमा...
हेटौंडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालक पुडासैनीको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ नवलपुरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनका अनुसार मकवानपुरको...
मकवानपुुर क्षेत्र नं १ प्रदेश सभा (क) को सभापतिमा युवा नेता श्रेष्ठको उम्मेदवारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत मकवानपुर प्रतिनिधिसभा १ को प्रदेश सभा (क) को सभापति पदमा युवा नेता सुशान्तकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको निर्वाचित जिल्ला सदस्यसमेत रहेका श्रेष्ठले पछिल्लो समय पार्टीमा बढ्दो गुटबन्दीको अन्त्य गर्न युवाहरु नेतृत्वमा आउन जरुरी रहेकोले आफ्नो...
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
मकवानपुर । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशसभाबाट विश्वासको मत लिएका छन् । सोमबार मत विभाजनमा विश्वासको मतको पक्षमा ५९ सांसदले मत दिएका हुन् । त्यस्तै विपक्षमा ४३ सांसदले मत दिएका छन् भने २ सांसद तटस्थ रहेका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेशसभा...
बागमतीमा नेमकिपाले भन्यो –दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि हुदैनौँ
मकवानपुर । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफूहरु शासक दलहरूको हानथाप र कुर्सीको तानातानमा सहभागि नहुने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि धारणा राख्दै उनले शासक दलहरु बीचको झगडाको मूल कारण के हो भन्नेबारे अझै बाहिर आउन नसकेको बताए...
मन्त्रालय विभाजन गरेर फजुल खर्च बढाउने मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – नेता पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले वर्तमान सरकारले मन्त्रालय विभाजन गरेर १२/१५ वटा बनाउन लागेको भन्दै मन्त्रालय बढाउने कार्य जनताको...
अलोकतान्त्रिक र असंवैधानिक गठबन्धनको मुख्यमन्त्रीलाई विश्वासको मत दिदैनौँ – प्रमुख सचेतक निरौला
मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको प्रदेश सरकारसँग प्रदेशलाई समृद्ध बनाउने योजना नभएकोले विश्वासको मत नदिने बताएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले जनताले विश्वास गरेको पार्टी एमाले नै रहेको दाबी गरे...
संविधानको रक्षा तथा पूर्ण कार्यान्वयन र संघीयता जोगाउन हामीले गठबन्धन बनाएका हौँ – नेता जम्कट्टेल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दावी गर्दै गठबन्धनको तर्फबाट नियुक्त भएका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई आफ्नो दलको तर्फबाट विश्वासको मत दिने बताएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको...
भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझे– नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चार दलीय गठबन्धनको संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले गरिब दुःखी, निमुखा र आवाज विहिनहरुको आवाज बनेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदमा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि धारणा राख्दै नेता बानियाँले यो...