समाचार
तिहारपछि सुदूरपहाडमा जात्राको रौनक
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध...
गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा
माछापुछ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको...
सामूहिक बलात्कारका तीन आरोपी पक्राउ
गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजनालाई रुपन्देही र दुई...
सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड खोप खरिद गर्ने
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट खोप खरिद गर्ने निर्णय भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको छ । यो...
मन्त्री खतिवडाद्वारा समवेदना प्रकट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा...
शिक्षक अस्पताल बनाउने प्रयोजनलाई जग्गा खोज्न समिति गठन
काठमाडौँ । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालको लागि उपयुक्त ठाउँको पहिचान गर्न समितिसमेत गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको...
कोरियाली भाषा परीक्षा फेरि सञ्चालन हुने
कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ । ईपीएस परीक्षाको प्रक्रिया पूरा गरेका प्रतिबद्ध श्रमिक जान सुरु भएसँगै नयाँको लागि भाषा परीक्षा लिने तयारीको बाटो खुलेको हो । त्यसको तयारी सुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ...
‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा
काठमाडौँ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ । उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ । कार्यक्रमका लागि भारतका मणिपुर,...
सात वर्षीया बालिकाको हत्या
कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव...
बिमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ : समिति
काठमाडौँ । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित पक्षलाई जानकारी गराएको हो । समितिमा...