समाचार
दोधारा चाँदनीको कञ्जभोज जोड्न जोगबुढा नदीमा पक्की पुल
दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले रु १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर छ । पुल निर्माण...
सनराइज बैंकले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने
काठमाडौँ । सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९...
अलैँचीको भाउ पाएपछि किसान मक्ख
बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए । अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाउनुभयो । त्यसपछि विमल पौडेलले रु तीन लाख । विमल पौडेल समूहको...
राष्ट्रियसभा २० सदस्यको फागुन २१ मा पदावधि सकिँदै
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको...
तिहारपछि सुदूरपहाडमा जात्राको रौनक
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ । कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध...
गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा
माछापुछ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक–पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको...
सामूहिक बलात्कारका तीन आरोपी पक्राउ
गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजनालाई रुपन्देही र दुई...
सरकारले बालबालिकालाई लगाउन मिल्ने कोभिड खोप खरिद गर्ने
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको थप एक करोड मात्रा कोरोना खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट खोप खरिद गर्ने निर्णय भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार, मोर्डना र फाइजर खोप खरिद गर्न लागिएको छ । यो...
मन्त्री खतिवडाद्वारा समवेदना प्रकट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्यसमेत रहेका उनले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गरेका हुन् । अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा...
शिक्षक अस्पताल बनाउने प्रयोजनलाई जग्गा खोज्न समिति गठन
काठमाडौँ । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालको लागि उपयुक्त ठाउँको पहिचान गर्न समितिसमेत गठन गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको...