समाचार

राष्ट्रिय जनगणना आजदेखि शुरु

मकवानपुर । राष्ट्रिय जनगणना आज बिहीबार (कार्तिक २५ गते) देखि शुरु हुँदैछ । यस पटक लिपुलेक कालापानी क्षेत्रमा पनि जनगणना गरिने कन्द्रीय तथ्यांक विभागले जनाएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार पत्रकार सम्मेलन गर्दै यसपालिदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीमा पनि जनगणना गरिने जनाएको छ...

बागमती प्रदेश सरकार संचालन गर्न कार्यदल गठन

मकवानपुर । बागमती प्रदेश सरकार संचालनमा सहयोग गर्ने उद्देश्यका साथ सत्तारुढ गठबन्धनका दलहरूले कार्यदल गठन गरेका छन् । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रदेश सरकार संचालन समन्वय कार्यदल गठन गरिएको हो । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका...

एमाले महाधिवेशनमाः जनवर्गीय सङ्गठनबाट एक लाखको सहभागी

काठमाडौँं । नेकपा (एमाले) ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिए...

राष्ट्रपतिद्वारा सूर्यलाई अघ्र्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक हुनुभएका राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको...

कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिनुभयो । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप...

देशभर चिसो बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको...

थप ४४० जनामा संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ६ हजार ८१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण...

राप्रपा मकवानपुरका सल्लाहकारसहित ५ जना कांग्रेसमा प्रवेश

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला सल्लाहकारसहित विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार थिए...

तामाङ पत्रकार सङ्घको अध्यक्षमा अञ्जली

बनेपा । तामाङ पत्रकार सङ्घ काभ्रेपलाञ्चोक शाखाको धुलिखेलमा सम्पन्न चौँथो अधिवेशनबाट अञ्जली तामाङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा तामाङको नेतृत्वमा ११ सदस्यीय समिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा चित्र तामाङ, सचिवमा कृष्णबहादुर घिसिङ, सहसचिवमा लोकबहादुर तामाङ र कोषाध्यक्षमा सुनिता लुङबा रहेका छन् । सदस्यमा...

भोलिदेखि जनगणनाः सम्पूर्ण तयारी पूरा

काठमाडौँ । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।...