समाचार

सुनको मूल्य एक हजार ३०० ले बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

मकवानपुर । बागमती प्रदेशमा आज (बिहिबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार, पाण्डेले माओवादी केन्द्र र कांग्रेसका एक/एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल...

बाढी प्रभावितलाई राहत उपलब्ध गराउन माग

जुम्ला । प्रदेशसभा सदस्य नरेश भण्डारीले गत असोज ३१ देखि परेको अविरल वर्षाका कारण यही कात्तिक २ गते जुम्लामा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा,...

दुर्घटनामा लामाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्को चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे ना ६ ख १९३३ नम्बरको ट्रकले बा ६७ प ४६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकका २१ वर्षीय स्वप्निल लामा रहेको जिल्ला प्रहरी कार्यालय...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।...

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौं । माध्यमिक शिक्षा परीक्षाको संचालन, समन्वय र व्यवस्थापनको काम गर्ने राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान भएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले बिहिबार सार्वजनिक सूचना प्रकाशित गरी आगामी मंसिर ९ गतेभित्र दरखास्त आह्वान गरेको हो । बोर्डका तत्कालीन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको चार वर्षे...

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दमौली । तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् । दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी...

आज मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सफा रहने जनाएको छ । महाशाखाले आज नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर नपरेकोले देशभरको मौसम सफा रहने जनाएको हो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।...

हेटौंडामा उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सकियो

मकवानपुर । उदाउदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन भएको छ । हेटौंडामा पनि भक्तजनहरुले सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ पर्वलाई विदाई गरेका छन् । हेटौंडाको राप्ती खोला किनारमा स्थापना गरिएको घाटमा भक्तजनहरुले आज बिहान सूर्य अर्घ चढाएका थिए । भक्तजनहरुले चार दिनदेखि मनाउँदै आएको महाअनुष्ठानको पर्व छठ...

हेटौंडामा दुर्घटना अपडेट : मृतक दुबै जनाको सनाखत

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिकाको नवलपुलस्थित सडकखण्डमा बुधबार भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार र सो बसमा सवार धनुषाको औरही गाउँपालिका...