समाचार

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानकोे ३६ औँ प्राज्ञसभाको उद्घाटनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री देउवाले भौतिक रूपमा जतिसुकै उन्नत भए पनि सांस्कृतिक रूपमा प्रगति नगर्ने मुलुकले...

भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । जिल्ला कोभिड सङ्कट व्यवस्पान केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार यही कात्तिक २५ गते पिसीआर...

विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

काठमाडौं । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन...

तामाङ कलाकार संघको साधारणसभा सम्पन्न

मकवानपुर । मकवानपर तामाङ कलाकार संघको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा संघको साधारणसभा सम्पन्न भएको हो। तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ...

राप्रपाको आज सातवटै प्रदेशमा अधिवेशन हुँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज सातवटै प्रदेशमा अधिवेशन हुँदैछ । यसअघि वडा र ७६ जिल्लाको अधिवेशन गरिसकेको राप्रपाले आइतबार सातवटै प्रदेशमा अधिवेशन गर्न लागेको महाधिवेशन प्रचारप्रसार समितिका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाले प्रदेश नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गर्नेछ भने सहमति नभएको खण्डमा...

महाधिवेशनको बारेमा छलफल गर्न आज कांग्रेस बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्डमा बस्ने भएको हो । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, सो बैठकमा १४ औं महाधिवेशन...

वृद्धाश्रममै च्याउखेती

काठमाडौं । मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले...

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक विदा

काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीका अवसरमा हप्ता दिनसम्म बराहपोखरी मेला लाग्दछ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा...

रौतहटको यमुनामाईमा कार दुर्घटना, ४ जनाको मृत्यु

रौतहट । सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नम्वर ५ जुनखुनुवामा शनिबार राति १० बजेको समयमा भारतीय नम्बरप्लेटको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार...

पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

कैलाली । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण...