समाचार
मुस्ताङमा हिम पहिरो जाँदा ७ जना घाइते
मुस्ताङ । मुस्ताङमा आज (आइतबार) हिम पहिरो जाँदा ७ जना घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका—२ को हिमाली लेकमा हिम पहिरो जाँदा ७ जना घाइते भएका हुन् । हिम पहिरो जाँदा भागदौड हुँँदा ७ जना स्थानीयहरु घाइते भएको मुस्ताङ प्रहरीले जनाएको छ। । हिम पहिरो गएपछि कोवाङ, लार्जुङ,...
हेटौंडामा तीन दिने विज्ञान लेखन तालिम सुरु
मकवानपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा आइतबारबाट हेटौंडामा पत्रकारको लागि विज्ञान लेखन तालिम सुरु भएको छ । ३ दिन सम्म संचालन हुने तालिममा मकवानपुरका २२ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार केदार शर्मा र नास्टका सचिव प्रा.डा. महेशकुमार अधिकारीले प्रशिक्षण गर्ने...
आइतबार नेप्से ४ अंकले घट्यो, पौने ४ अबको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक ४ दशमलव ९५ अंकले घटेको छ । आज नेप्से ४ दशमलव ९५ अंकले घटेर २ हजार ६८५ दशमलव ३४ को विन्दुमा कायम भएको जनाइएको छ । आज २ सय ३० सूचीकृत कम्पनीहरुको ७२ लाख ३९ हजार ५ सय ८७ कित्ता शेयर...
विवेकशील साझाका १३ नेताले दिए पार्टीबाट राजीनामा
काठमाडौं । विवेकशलि साझा पार्टीका १३ जना नेताले सामूहिक राजीनामा दिएका छन् । पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले गत साउन १७ गते राजीनामा दिएका हुन भने बाँकी १३ जनाले हालै सामूहिक राजीनामा दिएका हुन्...
किन बढिरहेको छैन बिजुलीको माग ?
काठमाडौँ । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन...
डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएनन्
बैतडी । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए । बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको...
एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन : अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै उपाध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन...
५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै
काठमाडौं । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ । अस्पतालको १६ औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्वेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा...
कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको क्षति
कञ्चनपुर । गत असोजको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले कञ्चनपुरमा रु एक अर्बभन्दा बढीको बालीनालीमा क्षति पुर्याएको छ । बाढीका कारण रु एक अर्ब १२ करोड १४ लाख ७० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । केन्द्रका अनुसार ६७ हजार...
सुनको मूल्य प्रतितोला रु ९४ हजार ६००
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...