समाचार
आज हरिबोधिनी एकादशी, विष्णुको तुलसीसँग विवाह गर्ने दिन
मकवानपुर । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइदै छ । आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको औषधिको गुणले युक्त तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ ।...
सांसद्संग दुखेसो गर्दै मकवानपुरका बनकरिया
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा रहेको बनकरिया बस्तीमा बागमती प्रदेशका मुख्यमन्त्री, राज्यमन्त्रीदेखि सांसदहरुसम्म पुगेका छन् । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा नागरिकसंग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरुले उनीहरुको समस्या बुझेका हुन् । खुल्लाचौरमा गरिएको अन्तरक्रियामा...
वाइसिएलको बागमतीमा पालिकास्तरीय प्रशिक्षण सम्पन्न
मकवानपुर । नेकपा माओवादी केन्द्रनिकट सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा शानिबार झुरझुरेमा पालिकास्तरीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । जिल्ला सचिवालय सदस्य तथा माओवादी केन्द्र मकवानपुरको प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बागमती गाउँपलिका वाइसीएल कमिटी सचिव दर्शन...
सुनको मूल्य बढ्यो
सुनको भाउ लगातार चार दिन दिनदेखि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक २४ गतेदेखि सुनको भाउ बढेको बताएको छ । कात्तिक २३ गते प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य त्यसयता निरन्तर बढेको हो । कात्तिक २४ गते ४००, २५ गते १३ सय र...
प्रदेश अधिवेशन गर्न काँग्रेसले तोक्यो कमाण्डर, बागमतीमा प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि साथै प्रदेशमा संयोजक तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा संयोजक तोकेको हो । निर्णयअनुसार प्रदेश १ को संयोजकमा कृष्ण सिटोला, २ मा रमेश रिजाल,...
विवेकशील साझाका १३ नेताले दिए राजीनामा
काठमाडौँ । विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक...
हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूले हेटौंडामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । नेपाल आयल निगमले इन्धनमा मूल्य बढाएको विरोधमा अनेरास्ववियूले आइतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसको गेट आगाडि प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको हो । सरकारको स्वामित्वमा रहेको निगमले...
रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु
रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा जीपचालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८...
पशुपतिनाथका विद्यार्थीलाई शैक्षिक सामग्री
मकवानपुर । काठमाडौं गोदावरीकी एक जना विद्यार्थीले आफ्नो जन्मदिनको अवसरमा पशुपतिनाथ माविमा अध्ययन गर्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेकी छिन् । गोदावरीकी स्थायी बासिन्दा प्रजिता घिमिरेले आफ्नो जन्नदिनको अवसर पारेर एक हजार थान कपी, पेन्सिल, डटपेनलगायत शैक्षिक सामग्री प्रदान गरेकी हुन् । प्रजिताको आमाले बाल्यकालमा अध्ययन गरेको पशुपतिनाथ माविलाई...
मकवानपुरमा थपिए २ जना कोरोना संक्रमित, भए ३ संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१ जनाको पीसीआर र ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...