समाचार

थप ४१६ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । नेपाल पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३३३ जना...

मकवानपुरका ठकुरी पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त स्थानबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलोसहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहानगरपालिका वडा नम्वर ८ बस्ने ३५ वर्षीय अरुण सिंह ठकुरी रहेको प्रहरीले जनाएको...

हेटौंडामा एक जनाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टि क्याम्पस ) नजिकै झाडीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ बर्षको पुरुष लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । उनको अनुसार मृतकको...

हत्याको आरोपमा ५ जना पक्राउ

झापा । झापाको गौरादह नगरपालिका–५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका(५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार...

आज नेप्से २६ अंकले बढ्यो

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७१५ दशमलव ३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड ४६ लाख...

मकवानपुरमा थपिए ३ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य...

उद्योगीहरु कांग्रेस राजनीतिमा सक्रिय

चितवन । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए । कांग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति...

क्षेत्र नम्वर १ प्रदेशसभा (ख) मा बानियाँको उम्मेदवारी

मकवानपुरमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी पुनः सुरु भएको छ ।  कांग्रेसले मकवानपुरका १० वटै स्थानीय तहका १०२ वडा र पालिका स्तरमा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता बढेको छ । मकवानपुरको प्रतिनिधिसभा १ अन्तरगत प्रदेशसभा (ख) को सभापति...

यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड

रुपन्देही । सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो । यातायात व्यवस्था...

तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गरे । “महत्वपूर्ण दातृ निकायको सहभागिता रहेको आयोजना तोकिएकै समयभित्र सम्पन्न गरेर...