समाचार
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् । आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ ।...
नेपाल बन्द गराउने ११ जना प्रहरीको फन्दामा
तनहुँ । तनहुँमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले दमौलीबाट पक्राउ गरेको हो । ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर...
दुर्घटनामा कार्कीको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक स्थायी घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्की रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मंगलबार बिहान ४ : १५ मिनेटको समयमा बागमती प्रदेश ०३–०२७ प २३५३ नम्बरको...
भीमफेदी–कुलेखानी सडकखण्डमा चलेन सुमो
मकवानपुर । हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने छोटो मार्ग भीमफेदी–कुलेखानी सडकखण्डमा आज बिहानैदेखि सुमो चलेको छैन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको कारण हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा आउने दुबै तर्फ सुमो नचलेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । यस्तै, बन्दका कारण...
मकवानपुरमा विप्लव समूहको बन्दले यात्रुलाई सास्ती
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको कारण जनताले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधन निकै कम मात्रामा चलेका छन्, जसका कारण काम विशेषले गन्तव्यसम्म जान चाहानेहरुले सास्ती खेप्नु परेको छ । बन्दले पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्तिलोकपथलगायतका सडकखण्डहरुमा सार्वजनिक सवारी साधन निकै...
ऋद्धिसिद्धि सिमेन्ट उद्योगको एक्साभेटरमा आगजनी
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ स्थित गिंगुमा रहेको ऋद्धिसिद्धि सिमेन्ट उद्योगको खानीमा राकेर राखिएको एउटा एक्साभेटरमा आगजनी र २ वटामा तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले खानी परिसरमा रोकेर राखिएको प्रदेश ३०१००३ बा ५७ ३४ एक्साभेटरमा आगजनी तथा बा २ क ५८९ , बा...
गायक लामाको ‘असार साउन’ बोलको गीत सार्वजनिक
मकवानपुर । गायक सोयल लामा र गायिका शशिकला स्याङ्तानको स्वरमा रहेको ‘असार साउन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेश तामाङको शब्द र प्रकाश तामाङ तितुङको संगीत र दिपेश प्रधानले एरेन्ज गरेको सो गीतको म्यूजिक भिडियो आइतबार जिग्मी मिडियाको यु ट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा...
अख्तियारले बुझायो प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कायालयले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन पेस गरेको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मालाई २१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । आर्थिक वर्ष २०७७–०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग...
प्रगतीशील महिला समूहद्वारा अनाथ बालबालिकालाई सहयोग
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–९ मा रहेको प्रगतीशील महिला समूहले चितवनको भरतपुरस्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा आश्रीत बालबालिकाहरुका लागि खाद्यान्न, शैक्षिक तथा सरसफाइजन्य सागम्री सहयोग गरेको छ । समूहले तिहारमा देउसी भैलो खेलेर संकलन भएको रकमबाट अनाथ बालबालिकाहरुको लागि सहयोग उपलब्ध गराएको समूहकी सुनिता सुनारले जानकारी दिइन् ।...
विद्युतीय बस खरिद र सुरुङमार्गको निर्माण प्रक्रिया रोक्ने सरकारको निर्णय आपत्तिजनक
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने वर्तमान सरकारको निर्णयप्रति आपत्तिजनक रहेको बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती र आपत्तिजनक रहेको बताएका...