समाचार
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको भाउ
काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार...
शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै उहाँले शैक्षिक थलोमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीले राजनीतिक विचारको प्रवेश...
एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा
काठमाडौँ । नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति...
प्रविधिको प्रयोग गर्दै छरितो सेवा दिन निर्देशन
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रुपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा चौँथोँ र पाँचौ तहका कर्मचारीका लागि आयोजित सेवाकालीन तालिमको सोमबार उद्घाटन गर्दै उनले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन...
महानगर प्रमुख दाहालसँग कतारका राजदूतको भेट
चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार शिष्टचार भेट गर्नुभएको भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत...
आठ बन्दकर्ता प्रहरीको नियन्त्रणमा
कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ...
भाडादर समायोजन गर्न माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन्...
म्याग्दीका १९ सडक र मोटरेबल पुल अधूरा
म्याग्दी । म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच वटा मोटरेबल पुल ढिलासुस्तीले थलिएका छन् । बेनी–जोमसोम–कोरला सडक...
मकवानपुरमा विप्लव समूहको बन्दको प्रभाव (फोटो फिचर)
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धिको विरोधमा गरेको नेपाल बन्दको कारण जनताले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधन निकै कम मात्रामा चलेका छन्, जसका कारण काम विशेषले गन्तव्यसम्म जान चाहानेहरुले सास्ती खेप्नु परेको छ । बन्दले पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ कान्तिलोकपथलगायतका सडकखण्डहरुमा सार्वजनिक सवारी साधन निकै कम...
विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ
काठमाडौं । प्रहरीले नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का ६ जनालाई पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेहरुमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङसहित ६ जना...