समाचार
भड्किलो प्रचारमा रोक
गण्डकी । नेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो । यो निर्णयसँगै अब कुनै पनि उम्मेदवारले भड्किलो गरी प्रचार...
ठूला करदातालाई सम्मान
महेन्द्रनगर । कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दसौँं राष्ट्रिय कर दिवसको अवसरमा आज कञ्चनपुरको महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ । व्यवसयाी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर...
एमाले महाधिवेशनः एघार जिल्लाबाट प्रतिनिधिको विवरण आउन बाँकी
काठमाडौँ । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनको अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी,...
रेल्वे जग्गाको मुआब्जा पुनरावलोकन नहुने
महोत्तरी । जयनगर–जनकपुर–बर्दिबास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत भदौ–२ गते प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी निर्णय न्यायोचित रहेको जनाउँदै पुनरावलोकनको आवश्यकता नरहेको जनाएको हो । यसअघि गत भदौ–२ गते गोरखापत्रमा प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी...
प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती
बाजुरा । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी...
प्रचण्डद्वारा सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुने विश्वास व्यक्त
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नै सर्वोच्च अदालतमा देखिएको विवादको समाधान हुने विश्वास व्यक्त गरेका छन् । अदालतमा देखापरेको विवादबारे ध्यानाकर्षण भएको बताउँदै उनले सो समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा राखेको बताए । महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा...
भारतबाट नगद र गरगहना चोरी गर्ने दुई नेपाली पक्राउ
काठमाडौं । भारतबाट नगद र गरगहनालगायत सामान चोरी गरेर ल्याएको सूचनाका आधारमा छापा मार्दा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ पटैयास्थित लालबहादुर शाहीको घरबाट गरगहना बरामद गरी दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई मंगलबार पक्राउ गरिएको थियो।...
आजदेखि ई–पासपोर्ट जारी गर्न सुरु
काठमाडौं । सरकारले आज (बुधबार) देखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्न सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । ई–पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले ई–पासपोर्टलाई सुरक्षित...
तालिम केन्द्र कामविहीन
वीरगञ्ज । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन जस्तै बनेको छ । विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन...
राप्रपा बागमतीको अध्यक्षमा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश अध्यक्षमा बिक्रमबहादुर थापा सर्बसम्मत चयन भएका छन् । काठमाडौंमा आइतबार सम्पन्न प्रदेश अधिवेशनले पुर्व मन्त्री थापाको अध्यक्षतामा ३४ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको हो । सो प्रदेश समितिमा चितवनका माधव भट्टराई, ज्ञानुजंग लामा चयन भएका छन् । दिपेन्द्र रेग्मी, लक्ष्मी...