समाचार
कल्याणपुर नगरपालिकाका मेयर घुस रकमसहित पक्राउ
सिराहा । नेकपा एमालेबाट निर्वाचित सिरहा कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना आएपछि अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । नगर प्रमुख साहलाई मंगलबार नगरपालिकाको कार्यालयबाटै...
जसपाको समर्थन फिर्ता : सरकार राष्ट्रियसभामा अल्पमतमा, सत्ता गठबन्धन कमजोर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थप दबाबमा परेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि सरकार राष्ट्रियसभामा समेत अल्पमतमा परेको छ। ५९ सदस्यीय राष्ट्रियसभामा सरकार समर्थक नेपाली कांग्रेससँग १६ र नेकपा एमालेसँग ११ सिट छन्। साथै, सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग १...
गाजामा युद्धविरामको प्रयासः राष्ट्रपति ट्रम्प र कतारी प्रधानमन्त्रीबीच भेटवार्ता तय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्यको प्रयासस्वरूप आगामी बुधबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। रिपोर्टहरूका अनुसार दुई नेताबीचको यो महत्वपूर्ण भेटमा गाजा युद्धविराम र इरानसँगको आणविक वार्ताबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। यसअघि अमेरिकी समाचार संस्था एक्सियोसका रिपोर्टर...
नेपाली सेनाका २१ जनाको बढुवा
काठमाडौँ । नेपाली सेनामा कार्यरत २१ जनाको बढुवा भएको छ । मन्त्रिपरिषद्ले एक जना प्रमुख सेनानी, एक जना महासेनानी र १९ जना सहायक सेनानीहरुको बढुवा भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गर्ने निर्णय गरेको जानकारी दिइएको हो । सरकारका प्रवक्ता तथा सूचना...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय
काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २९ निर्णय सार्वजनिक गरेका हुन् । असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड...
बीमा क्षेत्रको व्यवसायिक नियमन गर्न नयाँ अध्यक्ष पोखरेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्को व्यवस्था नहुँदासम्मका लागि अध्यक्ष बनेका अर्थमन्त्रालयका सह सचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन् । नेपाल बीमा प्राधिकरणमा आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्व परिवर्त हुने...
भक्तपुर मालपोतका प्रमुखसहित दुई कर्मचारी २४ लाख घुससहित रंगेहात पक्राउ
काठमाडौँ । मोहीको नाममा जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भक्तपुरस्थित मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो।...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले) की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा समान्य प्रशासन मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । सो कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले...
गृहका चार सहसचिवको सरुवा, अध्यागमनमा रिजालको ठाउँमा तिवारी
काठमाडौं । गृह मन्त्रालयले चार जना सहसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबारको निर्णय अनुसार प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकमा नियुक्त गरेको हो । यसअघि अध्यागमन विभागका महानिर्देशक रहेका गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा लगिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई पनि मन्त्रालयमा तानिएको छ। उनको...
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत मुलुकमा संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत...










