समाचार
बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ
काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च...
ट्रम्पको धम्की: मस्क, ममदानी र ओ’डोनेलको नागरिकता खतरामा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा गरेका केही टिप्पणीहरू अमेरिकी नागरिकता अधिकारको विषयमा गम्भीर बहसको केन्द्र बनेका छन्। ट्रम्पले सार्वजनिक रूपमा संसारकै धनी व्यक्ति एलोन मस्क, न्यूयोर्क शहरका राजनीतिज्ञ जोहरान ममदानी, र चर्चित अभिनेत्री तथा हास्य कलाकार रोजी ओडोनेलको नागरिकता खारेज गर्ने वा देशनिकाला गर्ने सम्भावनाबारे संकेत दिएका छन्।...
सरकारको निर्देशनपछि नेपालमा टेलिग्राम एप बन्द
काठमाडौं । नेपालमा टेलिग्राम एप बन्द गरिएको छ । नेपाल सरकारको निर्देशनपछि नेपाल दूरसंचार प्राधिकरणले नेपालमा सो एप बन्द गरेको हो । सो एप मार्फत् अनलाइन ठगी व्यापक भएको गुनासाहरु आएपछि सरकारले यस्तो निर्णय गरेको हो । केही समयअघि गृह मन्त्रालयमा बसेको वैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले टेलिग्राम एपका...
उच्च अदालतका न्यायाधीश भरत लम्सालद्वारा राजिनामा
काठमाडौं । उच्च अदालतका न्यायाधीश भरत लम्सालले आफ्नो पदबाट राजीनामा दिएका छन्। शुक्रबार अर्थात आजदेखि लागू हुनेगरी उनले राजीनामा दिएका हुन् । उनी हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। ६२ वर्षीय लम्साल २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। अवकाशमा जानुअघि नै उनले राजीनामा दिएका...
सहकारी संस्थालाई विवरण बुझाउन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन
काठमाडौं । विश्वभर आर्थिक अपराधको स्वरूप र परिमाण दिनप्रतिदिन जटिल बन्दै गइरहेको सन्दर्भमा नेपालले समेत त्यसविरुद्धका प्रयासलाई तीव्र बनाएको छ। एफएटीएफ तथा एपीजीको पछिल्लो मूल्यांकनमा नेपालले कानुनी कार्यान्वयनका क्षेत्रमा सुधार गर्नुपर्ने देखिएपछि ‘निगरानी सूची’ अर्थात् ग्रे लिस्टमा राखिएको हो। ग्रे लिस्टबाट नेपाललाई छिटो बाहिर ल्याउनका लागि सरकारले आर्थिक वर्ष...
नेताहरूको सम्पत्ति छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०४६ सालपछि सत्तामा पुगेका उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएको छ। पार्टीले लामो समयदेखि एजेन्डा बनाउँदै आएको यो विषयलाई शुक्रबार औपचारिक रूपमा विभागमा दर्ता गराएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले...
अभियान र एकीकृत समाजवादीबीच एकता
नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता घोषणा गरिएको छ। शुक्रबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको हो। यस एकतापछि बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान औपचारिक रूपमा एकीकृत समाजवादीमा विलय भएको छ। समारोहमा दुबै पक्षका नेताहरूको उपस्थिति रहेको...
टेलिकमको नाममा ठगी गर्ने गिरोह सक्रिय
काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालहरूमा नेपाल टेलिकमको नाममा आकर्षक सुविधा रहेको जागिर सजिलै दिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। सामाजिक सञ्जालमा झुटा सूचनाहरू फैलाउँदै जागिरका लागि अनलाइन फारम भराउन लगाई विज्ञापन दस्तुरको नाममा रकम असुली गर्ने कार्य भएको पृष्ठभूमिमा नेपाल टेलिकमले यस्तो भ्रममा नपर्न सेवाग्राहीहरूलाई...
कर छली गर्न खोज्ने १२२ करदाता कारबाहीमा
काठमाडौँ । लामो समयदेखि कर नतिर्ने १२२ जना करदाताविरुद्ध वाग्मती प्रदेशको हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले कडा कारबाही प्रक्रिया अघि बढाएको छ। मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीजस्ता विभिन्न शीर्षकमा बक्यौता तिर्न नसकेका करदातामाथि कारबाही सुरु गरिएको कार्यालयले जनाएको छ। बक्यौता दाखिला नगर्ने करदाताहरूको नाम, विवरण र...
डलरको भाउ बढ्यो, अरु मुद्राको सटहीदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २२ पैसाले बढेर खरीददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.०३ रुपैयाँ कायम भएको छ। यस दिन १० जापानिज येनको खरीदमूल्य ९.२४ रुपैयाँ र बिक्रीमूल्य ९.२८ रुपैयाँ, एक यूएई दिरामको खरीदमूल्य ३७.४२ रुपैयाँ र बिक्रीमूल्य ३७.५८ रुपैयाँ र एक मलेसियन...










