समाचार

सुनसरीमा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

काठमाडौं । सुनसरीमा तीव्र गतिका दुई मोटरसाइकल आपसमा ठोक्किंदा एकै तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। सुनसरीको चतरा–कान्छी चोक भित्रि सडक खण्डमा पर्ने रामधुनी नगरपालिका–७ बासबिटी कालाबञ्जारबाट कान्छी तोकतर्फ जाँदै गरेको १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र सोको विपरीत दिशातर्फ जाँदै गरेको ‘को...

आज असार १५ : राष्ट्रिय धान दिवस

कृषि प्रधान देश नेपालमा धान उत्पादनलाई महत्त्व दिँदै २०६२ सालदेखि असार १५ लाई धान दिवसको रूपमा मनाउन थालिएको हो। वर्षभरको खाद्यान्नको जोहो गर्ने प्रमुख माध्यमको रूपमा किसान असार महिनामा धान रोपाइँमा व्यस्त हुन्छन्।यसै दिनलाई नेपालमा राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ। असार १५ नेपाली समाजमा विशेष सांस्कृतिक र कृषिसँग...

कार्यवाहक प्रधानमन्त्री सिंहले सम्हाल्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा रहँदा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले नेपालको...

इरानबाट ८८ हजार अफगान आप्रवासीहरूलाई देश निकाला

इरानमा कागजपत्रविहीन अफगान आप्रवासीहरूमाथिको कडाइ तीव्र भइरहेका बेला जुन १८ देखि २६ सम्मको एक साता भित्र मात्र ८८ हजार ३०८ अफगान नागरिकहरूलाई जबरजस्ती अफगानिस्तान फिर्ता पठाइएको छ। आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जुन २८ मा अद्यावधिक गरेको तथ्याङ्कअनुसार, यो संख्या अघिल्लो साता भन्दा झण्डै तीन गुणाले वृद्धि भएको छ। अघिल्लो...

नागरिकता विधेयक २०८२ (दोस्रो संशोधन) प्रतिनिधिसभाबाट पारित

  काठमाडौँ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । आज शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेका सो बिधेयक बहुमतले पारित भएको हो । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको गृहमन्त्री...

लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगल कालिमाटी टोलस्थित दर्शन नमस्ते ईन गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४३ ग्राम ६० मिलिग्राम, नगद १० हजार ८ सय रूपैयाँ, मोबाइल ३ थान र तराजु १ थान सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...

राजनीतिमा पुन: जोडिएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले एमाले पार्टीको सदस्यता नविकरण गरेको बताएकी हुन् । राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछि एमालेमै रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने आफ्नो उद्धेश्य रहेको स्पष्ट पार्दै भण्डारीले...

एसईई प्रदेशबाट सञ्चालन गर्ने गरी शिक्षा समितिमा प्रस्ताव पारित

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० प्रदेश तहबाट सञ्चालन गर्ने गरी संसद्को शिक्षा समितिबाट प्रस्ताव पारित भएको छ। एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो। कक्षा १०...

इरान–इजरायल युद्धविरामपछि गाजामा शान्तिको प्रयास

इरान र इजरायलबीचको तनावपश्चात भएको युद्धविरामलाई एक कूटनीतिक अवसरको रूपमा लिँदै कतार, अमेरिका र इजिप्टजस्ता मध्यस्थकर्ताहरूले गाजामा चलिरहेको युद्ध अन्त्यको दिशामा थप प्रयास तीव्र बनाएका छन्। यसै क्रममा, कतारको विदेश मन्त्रालयले हालको अवस्थालाई ‘अवसरको सञ्झ्याल’ भन्दै यसलाई नछुटाउन आग्रह गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजेद...

एमाले एकता र अर्जुनदृष्टिमा अघि बढ्छ: अध्यक्ष ओली

शनिबार जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको विशेष कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा अर्जुन दृष्टिका साथ अघि बढिरहेको बताउँदै पार्टीको स्पष्ट मार्गरेखामा कुनै पनि अवरोध अस्वीकार्य नहुने स्पष्ट पारेका छन्। कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई अनुशासित, वैचारिक...