काँग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

तु खबर संवाददाता
२०८२ श्रावण १४, बुधबार १८:२९
file-photo

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामालाई पराजीत गर्दै इन्द्रबहादुर बानियाँ २२ मतका साथ निर्वाचित भएका छन् ।

मुख्यमन्त्री समेत रहेका लामालाई संसदीय दलको नेतामा बानियाँले पराजीत गरेका हुन् । कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मात्रै मत पाए । १ मत बदर भएको हो । साउन ९ गते लामा विरुद्ध काँग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव पारित भएको थियो भने हिजो भएको मत विभाजनमा बानियाँको पक्षमा २२ मत देखिएको थियो । यससंगै लामाले संसदीय दलमा नेताको हैसियत गुमाएका छन् ।

लामाको मन्त्रिपरिषद्मा रहेका ५ जना मन्त्रीले समेत पदबाट राजीनामा दिँदै बानियाँलाई समर्थन गरेका हुन् ।