समाचार

देशभर भारी वर्षाको सम्भावना, १२ जिल्ला उच्च सतर्कतामा

काठमाडौं — देशभर सक्रिय बनेको मनसुन प्रणालीका कारण आइतबारदेखि वर्षाको मात्रा उल्लेख्य रूपमा बढेको छ। जल तथा मौसम विज्ञान विभागले साताभर नै लगातार वर्षा हुने प्रक्षेपण गर्दै, केही स्थानमा भीषण तथा अति भीषण वर्षा दोहोरिन सक्ने पूर्वानुमान गरेको छ। शनिबार रातिदेखि स्याउलीवाङ, हनुमानगढी, गढवा र कैलालीजस्ता स्थानहरूमा उच्च मात्रामा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँमा स्थिर रहेको छ। १० जापानिज यनको खरीदमूल्य ९.४३ रुपैयाँ र बिक्रीमूल्य ९.४७ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीदमूल्य ३६.३९ रुपैयाँ र बिक्रीमूल्य...

पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेरामक्स प्रविधि खरिदको निर्णयमा...

राजनीति र न्यायको दोधारमा नेतन्याहूको भ्रष्टाचार मुद्दा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामना गरिरहेको भ्रष्टाचार मुद्दा सोमबार जेरुसेलम जिल्ला अदालतले सुरक्षा र कूटनीतिक आधारमा स्थगित गरेपछि उनलाई ठूलो राहत मिलेको छ। नेतन्याहूले इजरायली गुप्तचर निकाय मोसाद तथा सैन्य गुप्तचर विभागका प्रमुखहरूको सिफारिससहित अदालत समक्ष सुरक्षा चासोको कारण देखाउँदै मुद्दा स्थगनको माग गरेका थिए, जुन अदालतले स्वीकार गरेको...

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । संघीय निजामती सेवा विधेयक पारित भएको छ । आज आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट विधेयक पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए । राज्य व्यवस्था समितिबाट पास भएर प्रतिनिधिसभामा पुगेको विधेयक जस्ताको तस्तै पास भए...

इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

काठमाडौं । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा अलआउट भयो । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६...

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत विशेष अदालत हाजिर

काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेत विशेष अदालत हाजिर भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत अदालत हाजिर भएका हुन् । विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुने भएको छ...

बुटवल–नारायणगढ सडक अवरुद्ध, सवारीसाधन अलपत्र

काठमाडौँ ।  लगातारको वर्षासँगै आएको बाढीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा ठप्प भएको छ। विनयी त्रिवेणी गाउँपालिका–१ अन्तर्गत विनयी खोलामा बनेको अस्थायी डाइभर्सन तथा वैकल्पिक भित्री सडकमा पानी पसेपछि यातायात आवागमन रोकिएको हो। मालबाहक सवारीका लागि प्रयोग हुँदै आएको डाइभर्सन र यात्रुबाहक सवारीका लागि तोकिएको वैकल्पिक...

बागमती प्रदेश प्रमुखद्वारा राष्ट्रिय धान दिवसको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले धान उत्पादन राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । आज राष्ट्रिय धान दिवस २०८२ को अवसरमा शुभकामना दिँदै प्रमुख देवकोटाले यो दीगो समृद्धिको अनिवार्य सर्त भएको समेत बताए । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले आमकृषकहरूलाई सम्मान, कृषि प्रणालीमा...

रोपाईंमा सहभागी राष्ट्रपति पौडेल

काठमाडौं । असार १५ धान दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति पौडेल शीतल निवास परिसरमा आयोजित रोपाइँमा सहभागी भएका हुन् । रोपाइँमा नेपाली सेनाको टोली, कर्मचारी र राष्ट्रपति पौडेलको परिवारका सदस्य लगायत पनि सहभागी थिए ।