समाचार

माधब नेपाल र बामदेव गौतमको पार्टीबीच एकता घोषणा हुँदै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकीकरणको घोषणा हुने भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपाल र अभियानका संयोजक बामदेव गौतमबीच दुबै पार्टीबीच एकीकरण गर्ने सहमति अनुसार आज घोषणा हुने भएको हो । एकीकरणपछि गौतमलाई एकीकृत समाजवादीको तेस्रो बरियताको नेताको हैसियत दिने सहमति...

अमेरिकाद्वारा पहलगाम आक्रमणमा संलग्न टीआरएफ आतङ्कवादी घोषित

अमेरिकाले जम्मु-कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको भन्दै ‘द रेजिस्टेन्स फ्रन्टलाई विदेशी आतङ्कवादी संगठन र विशेष रूपमा निर्दिष्ट वैश्विक आतङ्ककारी को रूपमा सूचीबद्ध गरेको छ। अमेरिकी राज्य सचिव मार्को रुबियोले टीआरएफलाई पाकिस्तानमा आधारित आतङ्कवादी संगठन लश्कर-ए-तैयबाको “फ्रन्ट र प्रोक्सी” भएको उल्लेख गर्दै यस संगठनमाथि कारबाहीको घोषणा गरेका हुन्।...

अर्थ मन्त्रालयद्वारा ९४ बुँदे निर्देशन जारी

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२।०८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ९४ बुँदे कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । मन्त्रालयले बिहीबार सबै संघीय मन्त्रालय, आयोग, निकाय तथा मातहतका सबै कार्यालयहरूलाई सो मार्गदर्शन परिपत्र पठाएको हो । मार्गदर्शनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विभिन्न उपायहरू उल्लेख छन् । मन्त्रालयले...

पाँच हजार महँगी भत्ता उपलब्ध गराउन अर्थको निर्देशन

काठमाडौँ । अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुर्याउन निर्देशन गरेको छ । बजेटको प्रावधान अनुसार, मन्त्रालयले कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो । आर्थिक वर्ष २०८२/ ०८३ को बजेट वक्तब्य अनुसार सबै राष्ट्रसेवकहरुका लागि साउन १ गतेबाट...

श्रीलंकाविरुद्ध नेपालको फराकिलो जीत

काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकासँगको आज बिहीबारको खेलमा नेपाल फराकिलो गोल अन्तरले विजयी भएको छ । बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपाल ७-० गोल अन्तरले विजयी भएको हो । एक आत्मघाती गोल उपहार पाएको नेपालका समिक्षा मगरले २ गोल, कुसुम खतिवडा, सरिता नाथ, पूर्णिमा...

सहकारी विभागद्वा एकीकृत निर्देशिका २०८२ जारी

काठमाडौं । सहकारी विभागले एकीकृत निर्देशिका २०८२ जारी गरेको छ । असार ३२ गते बसेको सञ्चालकको निर्णय बमोजिम सहकारी क्षेत्रमा आएको परिवर्तनलाई सम्बोधन गरी सहकारी क्षेत्रमा सुशासन प्रवर्धन गर्न आवश्यक रहेकाले संशोधन गरी जारी गरेको हो । विभागका अनुसार सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋण लिँदाको बखतमा तोकिएको शर्त...

सुनचाँदी कारोबारमा कडाई: ग्राहकको परिचयपत्र अनिवार्य

काठमाडौँ । अब सुनचाँदी लगायतका बहुमूल्य धातु तथा वस्तु खरिद बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) ले प्रत्येक ग्राहकको पहिचान कडाइका साथ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले २०८२ सालमा जारी गरेको निर्देशनमा वित्तीय प्रणालीको दुरुपयोग रोक्नका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रावधान थप सशक्त...

साफ यू–२०नेपालले आज श्रीलंकासित खेल्दै

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने भएको छ । प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । मंगलबार भारी...

डलरको भाउ बढ्यो, अरु मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २१ पैसाले बढेर खरीददर १३१.२१ रुपैयाँ र बिक्रीदर १३७.८१ रुपैयाँ कायम भएको छ। यता एक अष्ट्रेलियन डलरको खरीदमूल्य ८९.४५ रुपैयाँ र बिक्रीमूल्य ८९.८४ रुपैयाँ, १० जापानिज येनको खरीदमूल्य ९.२२ रुपैयाँ र बिक्रीमूल्य ९.२६ रुपैयाँ र एक कतारी रियालको...

आज साउने संक्रान्ति, लुतो फालेर मनाइँदै

काठमाडौं । आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ। आजको दिन विशेषगरी लुतो फालेर मनाइने गरिन्छ। हिन्दू पात्रो अनुसार साउन १ गते सूर्य कर्कट राशिमा प्रवेश हुने यो संक्रान्तिलाई गर्मीका रोग–व्याधिहरू हटाउने, शरीर शुद्ध बनाउने र धार्मिक कर्म गर्ने विशेष दिन मानिन्छ। विशेषतः आजको दिन लुतो फालेर यो पर्व मनाइने...